२ हजार ७१ संक्रमित थपिदा एकैदिन कोरोनाबाट २२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ७१ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ । सक्रिय संक्रमितमध्ये १७ हजार ६ सय ६६ जना होम आइसोलेसनमा छन् भने बाँकी १३ हजार ६ सय ४९ जना देशका बिभिन्न कोरोना अस्पतालमा भर्ना भएका छन् ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या ७५ हजार ८ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ ।
आइतबार साँझसम्म संक्रमित मध्ये ३ सय २९ जना आइसीयूमा र ७५ जान भेन्टिलेटरमा उपचाररत रहेका छन् । शहर र घनावस्तीमा कोरोना संक्रमण तिब्र भएकाले स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गर्न गराउन स्वास्थ्य मन्त्रालयले सबैलाई अपिल गरेको छ । चाडपर्वको समयमा हुने ओहोरदोहोरले कोरोना संक्रमण थप विस्तार हुनेतर्फ सचेत गराउँदै सरकारले यथास्थानमा बसेर पर्व मनाउन आह्वान गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्