कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद धरापमा,१८ सांसदले बुझाए अविश्वासको प्रस्ताव
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् ।
अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलगायत रहेका छन् । मुख्यमन्त्री शाहीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाइएको छ ।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरु
यामलाल कँडेल (सुर्खेत)
चन्द्रबहादुर शाही (मुगु)
करवीर शाही (जाजरकोट)
कुर्मराज शाही (कालिकोट)
अम्मरबहादुर थापा (दैलेख)
सुशीलकुमार थापा (दैलेख)
मीनासिंह रखाल (दैलेख)
दानसिंह परियार (मुगु)
पद्म रोकाय (जुम्ला)
पद्मा खड्का (सुर्खेत)
कौशिलावती खत्री (जाजरकोट
पुष्पा धर्तीमगर विष्ट (सुर्खेत)
राजु नेपाली (सुर्खेत)
धर्मराज रेग्मी (दैलेख)
खड्कबहादुर खत्री (सुर्खेत)
ठम्मर विष्ट (सुर्खेत)
बद्मीक्वारी बोहोरा (डोल्पा)
देवी ओली (रुकुम पश्चिम)
क्याटेगोरी :
जनप्रतिनिधि,
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
राजनीति,
समाचार
ट्याग : #अविश्वासको प्रस्ताव, #महेन्द्रबहादुर शाही
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्