Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

डा.गोविन्द केसीका अनशन श्रृखला र सहमति,कार्यान्वयनमा भने सधैं आलटाल


काठमाडौं । बरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्वप्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै गएको ६ वर्षमा १९ पटक आमरण अनशन बसीसकेका छन् । बि.सं २०६९ यताका ८ वर्षमा डा.केसीले नेपाली कांग्रेस नेतृत्वको सरकार हुँदा ७ पटक, कम्युनिष्ट पार्टीहरुका नेतृत्वको सरकार हुँदा १० पटक र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकार हुँदा दुई पटक अनशन बसेका हुन् । मेडिकल शिक्षा सुधारको माग गर्दै निरन्तर सरकारसँग सहमति गरेपनि सहमतिको कागजको मसी सुक्न नपाउँदै माग पूरा नभएको भनि डाक्टर केसी सत्याग्रह शुरु गरिहाल्छन् ।

हुनत् प्रत्येक सरकारले उनीसँग माग सम्बोधन गर्ने भन्दै पटक–पटक अनशन तोडाए । तर, अनशन तोडिसकेपछि माग सम्बोधनमा कुनै पनि सरकार गम्भीर भएनन । ‘सर्वसाधारण जनताको अधिकारको वकालत गर्ने जीवन्त संस्थाको रुपमा डा. केसी उभिएका छन् । एक एकगरी डा. केसीले उठाएका मागको सम्बोधन हुँदै आएपनि अझै केही व्यापारिक र राजनीतिक स्वार्थको दवावका कारण पुरा हुन बाँकी नै छन् । निजी मेडिकल कलेज र अस्पतालका मालिकहरु राजनीतिक शक्ति केन्द्रसँग निकट छन् र दवाव दिन सफल हुँदै आएका छन् । माथेमा प्रतिवेदनले सर्वसाधारण विद्यार्थीको मर्का एकदम राम्रोसँग सम्बोधन गरेको छ । सरकारले जनताका वास्तविक समस्याहरुप्रति सच्चा सरोकार देखाउन नसक्नुले पनि केसीले बारम्बार अनसन बसीरहनु पर्ने बाध्यता आएको हो ।

डा.केसी स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा पुर्याउन सबै सरकारविरुद्ध आन्दोलन गरिसकेका छन् । तर, सरकारले केसीसँग सहमति गर्छ, कार्यान्वयनको नामै लिदैन, फेरी बाध्य भएर केसी अनसनमा बस्छन् । सत्याग्रहका क्रममा कहिले, ईलाम, कहिले डडेल्धुरा, कहिले जुम्ला गई अनसन बसेपनि स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई कहिले सरकारले ल्याउँछ त कहिले आफै त्रिभुवन बिश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा आई सत्याग्रह निरन्तर गर्छन् । यसरी नै डा. केसी र सरकारबिच लुकामारी चलिरहेको छ । निजी क्षेत्रका मेडिकल कलेजहरुको अनुगमन गरिनुपर्ने, छात्रबृत्तिको ब्यवस्था गरिनुपर्ने, दुर्गम क्षेत्रमा मेडिकल कलेज खोलिनुपर्ने, उपत्यकाभित्र नीजि मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने लगायतका यस्तै–यस्तै माग अघि सारेर केसी आमरण अनसन बस्ने गर्दछन् ।

जुनसुकै सरकार आएपनि डा.केसीका मागको स्थायी सम्बोधन हुन नसक्दा समस्या बल्झेको बलझ्यै छ । सरकारले कि त डा. केसीका माग सम्बोधन गर्न नसकिने भनेर केसीलाई मर्न दिनु पर्यो होईन सम्बोधन गर्न सकिने छन् भने तत्काल कार्यान्वयन हुन सक्ने गरी बार्ता र सम्बादका माध्यमवाट समाधान गर्नुपर्यो । हाल डाक्टर केसी १९ औ पटकको अनसनमा बसीरहेका छन् । उनको स्वास्थ्य स्थिती पनि बिग्रदै गईरहेको छ । तर, सरकार भने उनका माग सुन्यो नसुन्यो गरेर बसिरहेको छ । डा. केसीको बिग्रदो स्वास्थ्यस्थिति प्रति पनि सरकार गम्भिर नभएको भन्दै सरकार बिरुद्ध प्रर्दशन हुदै आइरहेको छ ।
यस्तो छ डा.केसीको अनशन श्रृखला र सरकारको नेतृत्व
पहिलो पटक
२०६९ असार २१ देखि २४ गतेसम्म
प्रधानमन्त्री – बावुराम भट्टराई
स्वास्थ्य मन्त्री – राजेन्द्र महतो
शिक्षा मन्त्री – दिनानाथ शर्मा
दोस्रो पटक
२०६९ साउन २७ देखि भदौ १ गतेसम्म
प्रधानमन्त्री – बावुराम भट्टराई प्रधानमन्त्री
स्वास्थ्य मन्त्री – राजेन्द्र महतो
शिक्षा मन्त्री – दिनानाथ शर्मा
तेस्रो पटक
२०७० पुस २७ देखि माघ १० गतेसम्म
मन्त्रिपरिषद अध्यक्ष – खिलराज रेग्मी
स्वास्थ्य मन्त्री – विद्याधर मल्लीक
शिक्षा मन्त्री – माधव प्रसाद पौडेल
चौथो पटक
२०७० माघ २५ देखि फागुन ३ गतेसम्म
मन्त्रिपरिषद अध्यक्ष – खिलराज रेग्मी
स्वास्थ्य मन्त्री – विद्याधर मल्लीक
शिक्षा मन्त्री – माधव प्रसाद पौडेल
पाँचौं पटक
२०७१ चैत ८ गतेदेखि १९ गतेसम्म
प्रधानमन्त्री – सुशील कोइराला
स्वास्थ्य मन्त्री – खगराज अधिकारी
शिक्षा मन्त्री – चित्रलेखा यादव
छैठौँ पटक
२०७२ भदौ ७ देखि भदौ १९ गतेसम्म
प्रधानमन्त्री – सुशील कोइराला
स्वास्थ्य मन्त्री – खगराज अधिकारी
शिक्षा मन्त्री – चित्रलेखा यादव
सातौं पटक
२०७२ असोज २ देखि १२ गतेसम्म
प्रधानमन्त्री – सुशील कोइराला
स्वास्थ्य मन्त्री – खगराज अधिकारी
शिक्षा मन्त्री – चित्रलेखा यादव
आठौं पटक
२०७३ असार २६ साउन देखि १० गतेसम्म
प्रधानमन्त्री – केपी शर्मा ओली
स्वास्थ्य मन्त्री – रामजनम चौधरी
शिक्षा मन्त्री – गिरिराजमणि पोखरेल
नवौं औं पटक
२०७३ असोज १० देखि २२ गतेसम्म
प्रधानमन्त्री – पुष्पकमल दाहाल
स्वास्थ्य मन्त्री – गगन थापा
शिक्षा मन्त्री – धनीराम पौडेल
दशौं पटक
२०७३ कात्र्तिक २८ मंसिर १९ गतेसम्म
प्रधानमन्त्री – पुष्पकमल दाहाल
स्वास्थ्य मन्त्री – गगन थापा
शिक्षा मन्त्री – धनीराम पौडेल
एघारौं पटक
२०७३ साउन ९ देखि ३२ गतेसम्म
प्रधानमन्त्री – शेरबहादुर देउवा
स्वास्थ्य मन्त्री – दिपक बोहरा
शिक्षा मन्त्री – गोपालमान श्रेष्ठ
बाह्रौं पटक
२०७३ असोज ९ देखि ११ गतेसम्म
प्रधानमन्त्री – शेरबहादुर देउवा
स्वास्थ्य मन्त्री – दिपक बोहरा
शिक्षा मन्त्री – गोपालमान श्रेष्ठ
तेह्रौ पटक
२०७४ असोज १९ देखि कात्तिक १ गतेसम्म
प्रधानमन्त्री – शेरबहादुर देउवा
स्वास्थ्य मन्त्री – दिपक बोहरा
शिक्षा मन्त्री – गोपालमाथ श्रेष्ठ
चौध्रौ पटक
२०७४ पौष २४ देखि ३० गतेसम्म
प्रधानमन्त्री – शेरबहादुर देउवा
स्वास्थ्य मन्त्री – दिपक बोहरा
शिक्षा मन्त्री – गोपालमान श्रेष्ठ
पन्ध्रौं पटक
२०७५ असार १६ देखि साउन १० सम्म
प्रधानमन्त्री – केपी शर्मा ओली
स्वास्थ्यमन्त्री – उपेन्द्र यादव
शिक्षा मन्त्री – गिरिराजमणि पोखरेल
सोह्रौं पटक
२०७५ पुष २५ गते देखि २०७५ माघ १८ सम्म
प्रधानमन्त्री –केपी शर्मा ओली
स्वास्थ्यमन्त्री – उपेन्द्र यादव
शिक्षा मन्त्री – गिरिराजमणि पोखरेल
सोह्रौं पटक ईलाममा अनसन बस्दा डा. केसीले सरकारले आफुसँग् गरेका पूर्व प्रतिबद्धताहरु पूरा गर्नु पर्ने र मेडिकल शिक्षामा भएको चरम लापरवाही र मनोमानी रोकिनुपर्ने सहित माथेमा आयोगको प्रतिबेदन लागू गर्नुपर्ने सहितका मागहरु राखेका थिए ।
सत्रौं पटक
२०७६ कार्तिक १७ गते डडेल्धुरा
प्रधानमन्त्री – केपी शर्मा ओली
स्वास्थ्यमन्त्री – उपेन्द्र यादव
शिक्षा मन्त्री – गिरिराजमणी पोखरेल
अठारौ पटक
२०७७ असार १६ देखि
प्रधानमन्त्री – केपी शर्मा ओली
स्वास्थ्यमन्त्री – भानुभक्त ढकाल
शिक्षा मन्त्री – गिरिराजमणी पोखरेल
उन्नाईसौ पटक
२०७ ७ असोज १ देखि जारी
प्रधानमन्त्री – केपी शर्मा ओली
स्वास्थ्यमन्त्री – भानुभक्त ढकाल
शिक्षा मन्त्री – गिरिराजमणी पोखरेल
यस पटक पनि गोविन्द केसी र सरकार पक्षबीच बिहिबार दिउँसो वार्ता गर्ने तयारी गरेको छ । केसी अनसन बसेको २४ औँ दिनसम्म पनि वास्ता नगरेको सरकारले बुधबार वार्ता टोली गठन गरेपछि केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बनेको हो। दुवै पक्षका वार्ता टोलीले दिउँसो वार्ता गर्ने भएका हुन् ।

वार्ताको मुडमा नदेखिएको सरकारले प्रमुख प्रतिपक्षी दल, चिकित्सक संघ, राष्ट्रिय मानव अधिकार आयोग, समाजका अन्य अंग र सत्तारुढ दलकै नेताहरुको दबाबपछि बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अनशन श्रृखला, #डा. केसी, #बरिष्ठ हाडजोर्नी विशेषज्ञ

तपाईको कमेन्ट लेख्नुहोस्