प्रधानमन्त्री ओलीले भने डाक्टर गोविन्द केसीसँग वार्ता सुरु भयो
काठमाडौं । सत्तारुढ दल नेकपाले डाक्टर गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यसअघि सरकारसँग केसीले गरेको सम्झौता कार्यान्वयनको चरणमा रहेकाले अनशन फिर्ता लिन आग्रह गरेको हो । विभिन्न दश बुँदे माग राखेर डाक्टर केसी २३ दिनदेखि १९ औँ अनशनमा बसिरहेका छन् ।
नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केसीसँग सरकारका तर्फबाट भेटेर आन्दोलन फिर्ता लिन आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मंगलबार मात्रै सरकारका तर्फबाट शिक्षा सचिव गोपी मैनालीले केसीलाई भेटेर आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए । बैठकले केसीसँग यसअघि भएका सहमति कार्यान्वयनको प्रक्रियामा रहेको र थप माग सम्बोधन गर्न अहिले कोरोनका कारण सिर्जित अवस्थाका कारण नसकिने भएकाले अनशन फिर्ता लिन आग्रह गर्ने निर्णय भएको प्रबक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले डाक्टर केसीसँग वार्ता सुरु भइसकेको बताएका थिए । सचिवालय बैठकमा सरकार पुनःगठनबारे छलफल हुन सकेन । बैठकमा अन्य विषयमा छलफल भए पनि मन्त्रिपरिषद् पुनःगठनबारे छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सचिवालय बैठकमा प्रधानमन्त्रीले एकलौटी रुपमा गरेको राजदूत सिफारिसबारे प्रश्न उठेको प्रवक्ताको भनाइ छ । प्रधानमन्त्री ओलीले अरुसँग सल्लाह नगरी अमेरिकाका लागि युवराज खतिवडा, बेलायका लागि लोकदर्शन रेग्मीलाई सिफारिस गरेपनि नेकपामा विवाद देखिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #डाक्टर केसीसँग, #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्