Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

खाद्यान्नमा ब्यवसायीको नक्कली स्टिकर, अखाद्य र म्याद गुज्रिएका खाद्यान्न धमाधम बजारमा


काठमाडौं । ठूला व्यवसायीक घराना र व्यवसायीहरुले विभिन्न शिर्षकमा उत्पादन गर्दै आएका खाद्य बस्तु गुणस्तरहिन भेटिएको छ । एकै पटक ठूलोमात्रामा खाद्य बस्तुको उत्पादन गर्ने र प्रयोग मिति सकिएपछि नयाँ मितिको स्टीकर टाँस्दै उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने जो कोहीलाई कडा कारबाही गर्न उपभोक्ताकर्मीले आग्रह गरेका छन् । खाद्य वस्तुमा अखाद्य वस्तु मिसाउने, प्रयोग मिति सकिएपछि नयाँ मितिको स्टीकर टाँस्दै आएका व्यापारीलाई कारबाही नगरि कामदार र कर्मचारीलाई कारबाही हुदै आएको पाईएको छ ।

दैनिक उपभोग्य बस्तु दूध, पानी, फलफूल, तरकारी, माछा, मासु, चकलेटलायत अन्य बस्तुमा अखाद्य बस्तुको मिसावट गर्ने अबैध कार्य गर्नेमाथी सरकारले कारबाही नगरि उन्मुक्ती दिदै आएको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले विद्यमान ऐन कानुन विपरित काम गर्ने व्यवसायीलाई कारबाही हुनु पर्नेमा मजदुर र कर्मचारीलाई कारबाही गरेको भन्दै आपत्ती जनाएका छन् । महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अप्रेशनमा म्याद नाघेका खाद्यान्न, नयाँ म्याद राख्ने मेसिनसहित नयाँ म्याद राखिरहेको अवस्थामा रंगे हात पक्राउ गरिएकाहरुमाथि कारबाही भएको छैन ।

कारबाहीमा नपर्नेमा काठमाडौं महानगरपालिका कलकीमा रहेको आयान डिस्ट्रीब्यूटर प्राइभेट लिमिटेडका संचालक रौनक बोथ्रा, अमाजोन डिस्ट्रीब्यूटर प्राइभेट लिमिटेड, आयानकी मूख्य सञ्चालक पुष्पादेवी अग्रवाल रहेका छन् । ओरोपितलाई धरौटीमा छोडेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आलोचित बनेको छ । नयाँ मिति राखेर खाद्य वस्तु बिक्री गर्नेलाई उपभोक्ता ऐन अनुसार कारबाही गर्न प्रहरीले विभागलाई जिम्मा दिएको छ ।

विभागको जिम्मा लगाएका ७ जनामाथी कारबाही गर्नुभन्दा पनि अनुसन्धाककै क्रममा राखेर मुद्दालाई फितलो बनाइएको छ । यसैगरी, म्याद गु्रजिएका खाद्य वस्तुमा नयाँ म्याद राख्ने काम गरिरहेका ९ जनालाई पक्राउ गरिएको थियो ।

म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ म्याद राख्ने क्रममा झापा चन्द्रगढि नगरपालिकाका चन्द्रगढि घर भइ हाल काठमाडौं पुतलीसडक न्यूप्लाजा वस्ने शकरलाल अग्रवाल, श्रीमती पुष्पादेबी अग्रवाल, भारत राजस्थानका रोनक बोथ्रा, रौतहट गौरका मुन्ना ठाकुर, पप्पुकुमार ठाकुर, श्यामप्रसाद सिंह, धादिङ गल्छीका रामबहादुर बयलकोटी, धादिङ निलकण्ठका सिताराम उपरकोटी, धादिङका दिलिप थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभागले स्निकर चकलेट, ओरियो विस्कुट, आलुचिप्स लगायतका वस्तुहरुको रिलेवलिङ गर्ने आयान डिष्ट्रिब्युटरका वाफलमा रहेको २ घर अमेजन डिष्ट्रिब्युटरको १ घरमा सिलबन्द गरिएको छ ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उपभोग्य बस्तु दूध, #तरकारी, #पानी, #फलफूल, #माछा, #मासु

तपाईको कमेन्ट लेख्नुहोस्