प्रदेश ५ को प्रदेशसभामा कांग्रेस सांसद्ले गरे तोडफोड
काठमाडौं । प्रदेश ५ को प्रदेश सभा बैठकमा नेपाली कांग्रेसका सांसदले तोडफोड गरेका छन् । आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेशको नामकरण र स्थायी राजधानीबारे छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि प्रतिपक्षी कांग्रेसलगयतका सांसदहरु तोडफोडमा उत्रिएका हुन्। प्रतिपक्षी सांसदहरुले सदनका कुर्सी र टेबुलमा तोडफोड गरेका थिए। त्यसपछि पनि सभामुखले बैठकलाई जारी राखेका थिए।
प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित गरी सभामा पेस गरेको हो। नामका विषयमा कसैले विमति नजनाए पनि राजधानीका विषयमा कांग्रेसलगायतका दलले तीव्र असन्तुष्टि जनाएका छन्। उनीहरूको माग प्रदेश राजधानी बुटवलमै हुनुपर्छ भन्ने छ।
सत्तारुढ नेकपाले भने भालुवाङका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। यस्तै दलले पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई पनि विशेष निर्देशन ह्विप जारी गरिसकेको छ। नेकपाका ६१ सांसदमध्ये ५९ जनाले मतदान गर्न पाउँछन्। कुल ८७ सदस्यीय रहेको प्रदेशसभामा दुई तिहाई मत ५८ सदस्य हुन्छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रदेश ५ को प्रदेश सभा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्