सानेपा पार्टी कार्यालयमा कोरोना देखिएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। १९ गते तय भएको केन्द्रीय समिति बैठकको तयारीस्वरुप २ सय ४३ जनामा गरिएको कोरोना परीक्षणमा केन्द्रीय सदस्य गगन थापा, अजुर्ननरसिंह केसीलगायत नेताहरुका स्वकीय सचिव, सुरक्षाकर्मी र कर्मचारी गरी ७० जनालाई कोरोना भाइरस देखिएपछि पदाधिकारी बैठक स्थगित भएको हो।
कोरोना संक्रमण पुष्टि भएसँगै असोज १९ का लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि अनिश्चित भएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे शनिबार पनि कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यबीच छलफल भएको थियो।
बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पदाधिकारी बैठक स्थगित गरिएको हो। शनिबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले हस्ताक्षरसहित बुझाएको ध्यानाकर्षणपत्रबारे जानकारी गराएका थिए। महामन्त्री शशांक कोइराला, उपसभापतिद्वय विजयकुमार चच्छदार, विमलेन्द्र निधि र सभापति शेरबहादुर देउवाले धारणा राख्ने कार्यक्रम थियो ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कांग्रेसको पदाधिकारी बैठक, #कोरोना संक्रमण पुष्टि
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्