सानेपा पार्टी कार्यालयमा कोरोना देखिएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। १९ गते तय भएको केन्द्रीय समिति बैठकको तयारीस्वरुप २ सय ४३ जनामा गरिएको कोरोना परीक्षणमा केन्द्रीय सदस्य गगन थापा, अजुर्ननरसिंह केसीलगायत नेताहरुका स्वकीय सचिव, सुरक्षाकर्मी र कर्मचारी गरी ७० जनालाई कोरोना भाइरस देखिएपछि पदाधिकारी बैठक स्थगित भएको हो।
कोरोना संक्रमण पुष्टि भएसँगै असोज १९ का लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि अनिश्चित भएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे शनिबार पनि कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यबीच छलफल भएको थियो।
बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पदाधिकारी बैठक स्थगित गरिएको हो। शनिबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले हस्ताक्षरसहित बुझाएको ध्यानाकर्षणपत्रबारे जानकारी गराएका थिए। महामन्त्री शशांक कोइराला, उपसभापतिद्वय विजयकुमार चच्छदार, विमलेन्द्र निधि र सभापति शेरबहादुर देउवाले धारणा राख्ने कार्यक्रम थियो ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कांग्रेसको पदाधिकारी बैठक, #कोरोना संक्रमण पुष्टि
ताजा खबर
- १फेरि इन्धनको मूल्यमा भारी वृद्धि, अब एक लिटर पेट्रोलको १ सय ८० रुपैयाँ
- २काठमाडौंमा बालेन्द्र र चितवनमा रेनुको चर्चा,यो चुनावमा यसरी उदाय स्वतन्त्र उमेद्वार
- ३मतदातालाई धन्यवाद दिन गाउँ पुगे नेतासँगै रुकुम मुसिकोटका मेयर महेन्द्र केसी
- ४८ वर्षअघिको बलात्कार घटना सार्वजनिक भएपछि पक्राउ परे मनोज पाण्डे
- ५आठ वर्षअघिको बलात्कार घटनाको छानविन गर्न प्रहरीले बनायो एसएसपी नेतृत्वको समिति
तपाईको कमेन्ट लेख्नुहोस्