नेकपा सचिवालय बैठक आज,पछिल्लो नियुक्तिबारे छलफल गरिने
काठमाडौं । सत्तारुढ दल नेकपा सचिवालय बैठक आज बस्दैछ । अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा मन्त्री हेरफेर तथा पछिल्लो मन्त्रिपरिषदले गरेको केही नियुक्तिका विषयमा छलफल हुने बताइएको छ । पार्टीभित्र सहमति गरेर मात्रै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्ने भनिएपनि प्रधानमन्त्री ओलीले एकलौटी ढंगले राजदूतसहितका केही महत्वपूर्ण निर्णय गरेको भन्दै विवाद सुरू भएको छ ।
प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद्को पछिल्लो नियुक्तिअघि पटक पटक छलफल भएपनि त्यसबारे समझदारी भएको छ या छैन भन्ने बिषय बाहिर आएको छैन् । प्रचण्डले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक नगरेपनि उनी निकट नेताहरूले असन्तुष्टि जनाइसकेको विषय बाहिरिएका छन् ।
बिहीबारको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री डा।युवराज खतिवडालाई अमेरिकाको राजदूत, मुख्यसचिवमा शंकरदास बैरागी र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेकपाभित्र गत भदौ अन्तिम साताबाट मत्थर भएको विवाद फेरि बल्झिने आकलन हुन थालेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अध्यक्ष पुष्कमल दाहाल, #नेकपा सचिवालय
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्