डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर : शिक्षण अस्पताल
काठमाडौं । चिकित्सा शिक्षा सुधारको लागि १७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ। डाक्टर केसीकोे रगतमा चिनीको मात्रा र सिरम इलेक्ट्रोलाइट्स निकै कम भइसकेकाले उनको जीवन नै खतरामा परेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा डा केसीमा कुनै पनि बेला मुटु र स्नायुसम्बन्धी समस्या आउनसक्ने र त्यसो भएमा ज्यानकै जोखिम हुने उल्लेख गरिएको छ। अस्पतालका अनुसार उनको रगतमा ह्वाइट ब्लड सेल्सको मात्रा निकै न्यून हुँदा संक्रमणको ठूलो जोखिम रहेको छ।
अस्पतालले डा केसीलाई बारम्बार चक्कर आउने, मुटुको धड्कन बढेको, छाती दुख्ने, जिउ गल्ने, शरीरका मांशपेशी दुख्ने र बाउँडिने लगायतका समस्या देखिएको पनि जनाएको छ। डाक्टर केसीलाई आइसीयूमा राखी निगरानी र उपचार व्यवस्था गर्नुपर्ने अवस्था भएपनि उनले सामान्य सलाइन लिन बाहेक अरु केही पनि नमानेको त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #डाक्टर गोविन्द केसी
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्