एकैदिन कोरोनाबाट नेपालमा १० जनाको मृत्यु, १ हजार ५१३ जनामा संक्रमण
काठमाडौं । नेपालमा मंगलबार एकैदिन कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३ महिला र ७ पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ सय ९१ पुगेको छ ।
यस्तै, देशभर आईसीयूमा २ सय १३ जना रहेका छन् भने भेन्टिलेटरमा ३४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५ सय ५६ महिला र ९ सय ५७ पुरुष गरि थप १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ७ महिला र ४ सय ४० पुरुष गरी ७ सय ४७ जना, भक्तपुरमा २८ महिला र ४५ पुरुष गरी ७३ जना र ललितपुरमा ४७ महिला र ६७ पुरुष गरी १ सय १४ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । त्यस्तै मंगलबार ७ सय ३१ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइनमा ५ हजार ७ सय ७८ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा १० हजार ७ सय ७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९ हजार ६ सय ८९ जना रहेका छन् । त्यस्तै हालसम्म १० लाख ९ हजार २ सय ९८ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ । मंगलबार १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना, #स्वास्थ्य मन्त्रालय
ताजा खबर
- १रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित
- २चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- ३दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ४एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ५एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)



तपाईको कमेन्ट लेख्नुहोस्