एकैदिन कोरोनाबाट नेपालमा १० जनाको मृत्यु, १ हजार ५१३ जनामा संक्रमण
काठमाडौं । नेपालमा मंगलबार एकैदिन कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३ महिला र ७ पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ सय ९१ पुगेको छ ।
यस्तै, देशभर आईसीयूमा २ सय १३ जना रहेका छन् भने भेन्टिलेटरमा ३४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५ सय ५६ महिला र ९ सय ५७ पुरुष गरि थप १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ७ महिला र ४ सय ४० पुरुष गरी ७ सय ४७ जना, भक्तपुरमा २८ महिला र ४५ पुरुष गरी ७३ जना र ललितपुरमा ४७ महिला र ६७ पुरुष गरी १ सय १४ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । त्यस्तै मंगलबार ७ सय ३१ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइनमा ५ हजार ७ सय ७८ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा १० हजार ७ सय ७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९ हजार ६ सय ८९ जना रहेका छन् । त्यस्तै हालसम्म १० लाख ९ हजार २ सय ९८ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ । मंगलबार १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना, #स्वास्थ्य मन्त्रालय
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्