Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

मन्त्री फेरबदलको चर्चाले सिंहदरबारभित्र जे देखियो


काठमाडौं । यसैपनि कोरोना महामारिका कारण देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा मन्त्रीहरुको उपस्थिति कम । अझ, सत्तारुढ दल नेपाल कम्युनिष्ठ पार्टी नेकपामा मन्त्रीमण्डल पुनर्गठनको औपचारिक छलफलले तिब्रता पाएपछि सिंहदरबारमा झनै मन्त्रीहरुको उपस्थिति कम देखिन थालेको छ । यतिबेला उर्जा, उद्योग वाणिज्य तथा आपूर्ती लगायतका केही मन्त्रालयमा मन्त्रीहरु नियमित उपस्थित भएपनि अन्यमा मन्त्रीहरुले उपस्थितिको समय घटाउन थालेका छन् ।

मन्त्री फेरबदलको चर्चासँगै कर्मचारीले मन्त्रीलाई टेर्न छाडेको, सिंहदरबारमा मन्त्रीको उपस्थिति घट्न थालेको र मन्त्रालयगत कामकारबाही प्रभावित भएको गुनासो बढ्न थालेसँगै हामी स्थलगत वास्तविकता खोज्न सिंहदरबार क्षेत्रमै पुगेका छौँ । सबैभन्दा पहिला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुग्यौं जहाँ मन्त्री गिरिराजमणि पोखरेल साँढे १२ बजेसम्म अनुपस्थित थिए । हामी भदौ २० देखी प्रधानमन्त्री केपी शर्मा ओलीले नै नेतृत्व सम्हालेको महत्वपूर्ण मन्त्रालय अथतर्फ लाग्दैछौँ । यो मन्त्रालय कर्मचारीको भरमा चलेको एक महिना पुग्न लागेको छ ।

महत्वपूर्ण फाईलहरुमा हस्ताक्षर गराउन बालुवाटार धाउनुपर्ने बाध्यता यहाँका कर्मचारीमा छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा हामी पुग्दा बैठक चलिरहेको थियो । मन्त्रीसँगै अधिकांश कर्मचारी कार्यालयमा उपस्थित देखिन्थे ।

सिंहदरबारको मन्त्रालयलमा कर्मचारीहरुको उपस्थिति भने पछिल्लो समय बाक्लिन थालेको छ । सेवाग्राहीको चलहपहल खासै नदेखिने यहाँका मन्त्रालयमा मन्त्रि फेरबदलको गृहकार्यले मन्त्रीहरु निक्कै कम मात्र उपस्थित देखिन थालेका छन् ।

आफूले नेतृत्व सम्हालेको सूचना तथा सञ्चार मन्त्रालय अनि अर्थमा पुग्नु त परको कुरा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमै लामो समयदेखी प्रधानमन्त्री केपीशर्मा ओलीको उपस्थिति नगन्य बन्न थालेको छ । सिंहदरबारका अधिकांश मन्त्रालयलमा अहिले कर्मचारीको उपस्थिति विगत भन्दा कम छ । कर्मचारी पनि मन्त्री फेरिएलान, अहिलेको दुरगामी महत्वको कुनै निर्णयमा भोल आउने मन्त्रीले जिम्मेवारी लेलान नलेलान भन्ने दोधारमा देखिएका छन् । राजनीतिक अन्यौलताका बीच स्थायी सरकार मानिने कर्मचारीको उपस्थिति भने सिंहदरबारका मन्त्रालयमा बाक्लै देखिने गरेको छ ।

मन्त्रीको उपस्थिति कम हुँदा मन्त्रालयगत कामकारबाही गर्न समस्या । अझ, विगत जस्तै छोटो समयमा मन्त्री फेरबदल भैरहँदा कर्मचारीबाट मन्त्रीलाई असहयोग र अटेरी । निस्ठा र इमान्दारिता नभई स्वार्थसहित मन्त्री बन्नेहरुको प्रतिस्पर्धाले देशको विकास र समृद्धीको यात्रामा समस्या देखिदा कर्मचारी प्रशासनमा समेत अन्यौलता बढेको देखिन्छ । देशको मुख्य प्रशासनिक निकाय सिंहदरबा मन्त्री र कर्मचारीको जुहारी चल्ने स्थान भन्दा पनि विकास, सुशासन र स्थायीत्वको रोलमोडल बन्न सक्नुपर्छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कर्मचारी, #मन्त्रीहरु, #सिंहदरबार

तपाईको कमेन्ट लेख्नुहोस्