कसरी भित्रियो चिनियाँ नाकाबाट ठूलो परिणामको सामान

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण्का लागि भन्दै नेपाल सरकारले चीनबाट मालवस्तु आयात गर्ने मुख्य २ नाका रसुवागढी र तातोपानीलाई बन्द गरेपनि सो नाकाबाट नसोचिएको परिमाणमा सामान भित्रिएको छ । एकतर्फ व्यवसायीहरु नाका खोल्न र चीनमा रोकिएका सामान नेपाल भित्राउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गर्दै आएका छन् भने उता बन्द भन्सार नाकाबाटै अर्बौंको सामान नेपाल भित्रनुलाई रहस्ययको रुपमा लिइएको छ ।
नेपाल चीनको स्थलगत मार्गको रुपमा रहेको रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका ९ महिनादेखि बन्द रहेका छन् । उक्त २ नाकाबाट नेपाल तर्फको आयात रोकिए पनि चीनबाट नेपालतर्फ हुने आयात भने रोकिएको छैन । अबैधरुपमा सो नाकाहुदै नेपालतर्फ अर्बौ रुपैयाँको सामान भित्रदै आएकोे पाईएको छ । नाकामा नेपाली व्यवसायीले चीनबाट ल्याएका हजारौं कन्टेनर सामान नाकामा यत्तिकै रोकिएको बताउदै आएपनि खाली कन्टेनर चीनकै भुभागमा छोडी सामान भने रातारात सेटिङ मिलाएर नेपाल भित्राउने गरेको आरोप व्यवसयायीमाथी लागेको छ । चीनतर्फबाट ११ अर्ब १७ करोड ९० लाख रुपैयाँ बराबरको मालसामान आयात भएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांकअनुसार साउनमा चीनबाट मात्रै उक्त संख्यामा मालवस्तु आयात भएको जनाएको छ । नेपाली व्यवसायीहरुले खाद्यान्न, लत्ताकपडालगायत विभिन्न सामानहरुका हजारौं कन्टेनर नाकामै थुनिएको बताउँदै आएका छन् । चिनियाँ पक्ष र नेपाली पक्षले पनि कोरोनाको वृद्धिभएकाले रोक्नका लागि नाका नै बन्द गरिएको जनाउदै आएपनि सो बन्दको समयमा नेपालमा कसरी सामान भित्रियो भन्ने विषयमा भने सरकारले अनुसन्धान गर्ने आँट गरेको छैन । अहिले बस्तु चीनतर्फका मुख्य २ नाकाबाहेक अन्य नाका, भारतीय बन्दरगाहको बाटो हुँदै पनि सामान आएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले जनाएको छ ।
भन्सार विभागका अनुसार वीरगंज, भैरहवा नाकाबाट मालसामान आउने प्रक्रियामा पनि बृद्धि हुन पुगेको उल्लेख गरेको छ । बीरगंज नाकाबाट २३ अर्ब ६३ करोड रुपैयाँबराबरको मालसामान आयात भएको छ भने भैरहवा नाकाबाट मात्रै १८ अर्ब २७ करोड रुपैयाँ बराबरको मालसामान आयात भएको थियो । चीनतर्फका मूख्य नाका तातोपानी र रसुवाबाट भने क्रमशः १५ करोड र ९७ करोड रुपैयाँबराबरको मालसामान आयात भएको उल्लेख छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #रसुवागढी र तातोपानी
ताजा खबर
- १एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
- २बेलायतले रुसलाई लगायोआफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको आरोप
- ३गाजाको अवस्था अत्यन्त खराब भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीको दाबी
- ४राष्ट्रियसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक,दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
- ५त्रिभुवन विमानस्थल भन्सारबाट १४ किलो सुन बरामद, ज्याकेट र जुत्तामा लुकाएको फेला (भिडियो सहित)
तपाईको कमेन्ट लेख्नुहोस्