काठमाडौंमा उपत्यकामा धेरै ८ सय ९ संक्रमित थपिए, देशभर १५७३ जनामा संक्रमण

काठमाडौं । उपत्यकामा आइतबार सबैभन्दा बढी कोेरोना संक्रमित फेला परेका छन् । एकैदिन उपत्यकामा ८ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । एकैदिन काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार देशभर १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय २४ महिला र १ हजार ४९ जना पुरुष गरी १५७३ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । १ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा एक महिला सहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५० वर्षीया महिला, ६१ वर्षीय पुरुष र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यसैगरी बारामा ४० वर्षीय पुरुष, रुपन्देहीमा ७२ वर्षीय पुरुष, बर्दियामा ६३ र ५० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८ सय ९८ निको भइसकेका छन् ।
आइतबारमात्रै ८ सय ८५ डिस्चार्ज भएका छन् । यस्तै आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३ सय २१ जना र होम आइसोलेशनमा १० हजार ६ सय ९८ जना रहेका छन् ।
क्याटेगोरी :
देश/दुनियाँ,
ब्रेकिंग न्युज,
शिक्षा स्वास्थ्य,
समाचार
ट्याग : #कोेरोना संक्रमित, #सक्रिय संक्रमित
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्