मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री ओलीले आज बोलाएका हुन् ।
मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने गरि बैठक डाकिएको हो । सोमबार नियमित बैठक बस्ने समय हुँदा हुँदै एक दिनअघि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्रीले केही अपरझट परेर नै बैठक डाकेको हुनसक्ने मन्त्रीहरुले बताएका छन् ।
मन्त्री हेरफेरको विषयमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइराखेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकिएको हो । मन्त्रिपरिषद् बैठकको एजेण्टा भने सार्वजनिक भएको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा, #मन्त्रिपरिषद्को आकस्मिक बैठक
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्