कोरोनाले स्थगित त्रिबिका परिक्षा छठपछि
![](https://www.khojpatrika.com/wp-content/uploads/2019/11/Tu.jpg)
काठमाडौं । कोरोना भाइरसका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा छठपछि मात्रै हुने भएका छन् । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मंगलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । काठमाडौं, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालन गर्न थालेपछि त्रिविले पनि रोकिएको परीक्षा छठलगत्तै गर्ने तयारी गरेको हो ।
परीक्षार्थीलाई घर पायक परीक्षा दिन मिल्ने गरी तयारी थाल्न प्रदेश परीक्षा कार्यालयलाई निर्देशन दिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । अनुसार अनलाइन वा अन्य बैकल्पिक व्यवस्थासहित परीक्षा लिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । पनिकाले परीक्षाको कार्यतालिका दशैंअघि नै सार्वजनिक गर्ने गरी तयारीसमेत गरेको छ । करिब ३ लाख विद्यार्थी रहेको त्रिविमा चैतदेखि परीक्षा हुन सकेको छैन ।
सेमेस्टर प्रणालीअनुसार वैकल्पिक विधिबाट पढाए तापनि परीक्षा सञ्चालन गर्न नसक्दा हजारौं विद्यार्थी मर्कामा परेका छन् । त्रिविले सेमेस्टर प्रणाली र कम विद्यार्थी भएका विषयका लागि छठअघि नै परीक्षा गर्ने तयारी गरेको छ ।
सबै डीन कार्यालयलाई परीक्षा सञ्चालन गर्न कार्यायोजना तयार गर्नसमेत आग्रह गरिएको छ । त्रिविले स्वास्थ्य मापदण्ड पालना गरी, भौतिक दूरी कायम गर्दै परीक्षा सञ्चालन गर्ने विषयमा मातहतका निकायलाई पत्राचार गरिसकेको छ । तर कोरोना भाइरस को संक्रमण बढ्दै गए के गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन ।
पछिल्लो समय काठमाडौं उपत्यकामा झनै कोरोना संक्रमित बढेपछि त्रिबिका परिक्षा समेत रोकिने सम्भावना छ । यसअघि पनि कार्यतालिका सार्वजनिक गरेपनि कोरोना संक्रमण बढेपछि परिक्षा स्थगित गरिएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #त्रिबि, #रोकिएका परीक्षा
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्