Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

कोरोना परीक्षणबिनै एकसातामा काठमाडौं उपत्यकामा भित्रिए १ लाखबढी मानिस


काठमाडौं । सरकारले करिव ७ महिनापछि लामो दुरीमा पनि यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यकाका भित्रिनेहरुको भिडभाड बढेको छ । असोज १ गतेदेखि सुरु भएको लामो दुरीमा सवारी साधानमा कोरोना परिक्षण विना नै मानिसहरु भित्रिरहेका छन् । यो एकसातामा १ लाखभन्दाबढी मानिसहरु काठमाडौं उपत्यका प्रवेश गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

विभिन्न नाकाबाट २४ हजार ३ सय ४७ वटा सवारी साधन उपत्यकामा भित्रिएका छन् । सोही सवारी साधनमा सवार १ लाख १ हजार ६ सय २८ जना यात्रु काठमाडौं प्रवेश गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । २४ हजार ६ वटा सवारी साधन काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । लकडाउन र निषेधाज्ञाले उकुस मुकुस भएका १ लाख मानिसहरु उक्त सवारीमा बाहिरिएका छन् ।

काठमाडौं छाड्ने र भित्रिने कसैको पनि कोरोना परीक्षण गर्ने गरिएको छैन् । यद्यपी काठमाडौंका घरभेटीहरुले पीसीआरको रिपोर्टबिना घरभित्र पस्न नदिएपछि अहिले टेकु अस्पतालमा कोरोना परिक्षण गराउनेको निक्कै ठूलो भीड लाग्ने गरेको छ । हरेक दिन ५ हजारभन्दाबढी ब्यक्तिको लाइन लाग्ने गरेको टेकु अस्पतालले जनाएको छ । परीक्षणको पालो कुर्न कयौं व्यक्तिहरु राति नै अस्पताल परिसरमा बास समेत बस्ने गरेका छन् ।

लकडाउनको समयमा काठमाडौंका विभिन्न नाकाबाट दैनिक २ हजारको संख्यामा अत्यावश्यक सवारी साधन नाकाबाट आवत–जावत गर्ने गरेका थिए। सार्वजनिक सवारी साधन र लामो दुरीको सवारी संचालनमा आएछि नाकाबाट बाहिरिने र भित्रिने सवारी संख्याको चाप बढेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढ्दै जानु र कोरोना परिक्षण विना नै काठमाडौं उपत्यका प्रबेश गर्नुले संक्रमणको जोखिम झनै बढाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #घरभेटीहरुले पीसीआर

तपाईको कमेन्ट लेख्नुहोस्