एकैदिन १ हजार १५४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २ सय ३८ पुगेको गौतमले जानकारी दिए । सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९ सय २१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६ सय ९० जना रहेका छन् ।
यसैबीच बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ४ सय २७ पुगेको छ । देशभर १९६ जना कोरोनाभाइरस संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । यस्तै ३१ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टिनमा ७ हजार ४०३ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्