एकैदिन १ हजार १५४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २ सय ३८ पुगेको गौतमले जानकारी दिए । सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९ सय २१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६ सय ९० जना रहेका छन् ।
यसैबीच बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ४ सय २७ पुगेको छ । देशभर १९६ जना कोरोनाभाइरस संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । यस्तै ३१ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टिनमा ७ हजार ४०३ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्