उपत्यकाका ५ हजार ३ सय ४४ कोरोना संक्रमित कता हराए ?
काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमित बढ्दै जाँदा उपत्यकामा झनै बढिरहेको छ । पछिल्लो चरण काठमाडौं उपत्यकामा ह्वात्तै कोरोना संक्रमित बढ्दा संक्रमित ब्यक्ती नै भेटाउन हम्मे–हम्मे परेको छ । हालसम्म ६२ हजार ७९७ जना संक्रमित हुँदा १५ हजार ८ सय ४९ जना काठमाडौं उपत्यकाका मात्र छन् । यो कुल संक्रमितको २५ दशमलव २३ प्रतिशत हो।
संक्रमण पुष्टि भएकामध्ये ७२ दशमलव १ प्रतिशत संक्रमित संक्रमण मुक्त भइसकेका छन्। काठमाडौं उपत्यकामा मात्र ७ हजार ८ सय ५५ जना संक्रिय संक्रमित छन्। १५ हजार ८ सय ४९ जना संक्रमित पहिचान भएको उपत्यकामा ५० प्रतिशत अझै पनि आइसोलेसनमा रहेका छन् । उपत्यकामा हाल ७ हजार ८५५ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौं जिल्लामा ६ हजार ६ सय ६, भक्तपुरमा ६ सय ६५ र ललितपुरमा ५ सय ८४ सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्लेख छ।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्यांक हेर्दा उपत्यकामा हाल दुई हजार ५११ जनामात्र संस्थागत वा होम आइसोलेसनमा रहेका छन्। बाँकीको तथ्यांक भने सामाजिक विकास मन्त्रालयसँग छैन। काठमाडौं जिल्लाका सक्रिय संक्रमितमध्ये दुई हजार १ सय ७४ जनामात्र आइसोलेसनमा छन्।
त्यस्तै ललितपुरमा २०८ र भक्तपुरमा १२९ जना आइसोलेसनमा रहेको तथ्यांक छ। यो तथ्यांकमा होम आइसोलेसनलाई समेत समावेश गरिएको छ। बाँकी पाँच हजार ३ सय ४४ सक्रिय संक्रमित कता छन् भन्ने तथ्याक नै प्रदेशको सामाजिक विकास मन्त्रालयसँग छैन। काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार शनिवारसम्म ६ हजार ५ सय १२ जना संक्रमित पहिचान भएका छन्। जसमध्ये दुई हजार ६८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
त्यस्तै ४ सय ४० संक्रमित अस्पतालमा र ९ सय ६९ जना संस्थागत आइसोलेसनमा छन्। संक्रमण पुष्टि भएकामध्ये दुई हजार ५४१ जना संक्रमण मुक्त हुँदा ५३ जनाको मृत्यु भइसकेको छ। तर, ४ सय ४१ संक्रमित कहाँ छन् भन्ने तथ्यांक महानगरपालिकासँग पनि छैन। कतिपयले मोबाइल नम्बर गलत दिएको पाइएको छ भने कतिपयले नाम ठेगाना नै गलत दिएको भेटिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #संक्रमित कता हराए, #संक्रमित बढ्दै
ताजा खबर
- १एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन
- २१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
- ३अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा
- ४एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- ५मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्