को हुन् पहिलो पटक कोरोना बिरुद्धको खोप लगाउने भाग्यमानी नेपाली

काठमाडौं । कोरोना भाइरस बिरुद्धको खोप कहिले बन्ला भन्ने कौतुहला सबै नेपालीमा छ । तर, बिश्वका बिभिन्न देशले खोपको परिक्षण पनि गरिरहेका छन् । बिश्वमा कोरोना भाइरसविरूद्धको खोप बनाउने रसिया पहिलो बनेको छ । बेलायत, अमेरिका, चीन, भारत लगायतका मुलुक अझै पनि खोप बनाउने होडबाजीमा सक्रिय छन् । उनीहरूले खोप बनाइहाले पनि नेपालीले पाउने कहिले हो कहिले कुनै टुंगो छैन् । तर, एक नेपाली भने यस्ता भाग्यशाली भएका छन् जसले संसारमै पहिलो पटक बनेको कोरोनाको खोप लगाउन पाएका छन् ।
रुसमा रहेका एक डाक्टर नेपालीले केरोनाविरुद्धको खोप लगाउने अवसर पाएका हुन् । रुसको राजधानी मस्कोमा कार्यरत डाक्टर महेश श्रेष्ठले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन लगाएका हुन् । मस्कोमा कार्यरत ६१ वर्षीय डाक्टर श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लगाएका हुन् । सल्यान पुर्ख्यौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डाक्टर बद्री केसीले लक्की ड्र मार्फत् श्रेष्ठले यो अवसर पाएको सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो । ३० हजार जना मध्येबाट छनौट श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ । पहिलो पटक कोरोना बिरुद्धको खोप लगाएपछि अहिले बिश्वमा उनीको चर्चा भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस बिरुद्धको खोप, #भाग्यमानी नेपाली
ताजा खबर
- १रुसी सेनामा २ सय नेपाली रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी,केही युक्रेनको कब्जामा !
- २विराटनगरको मेट्रो न्युरो अस्पतालको गम्भिर लापरवाही, जिउँदो मान्छे मृत घोषणा !
- ३के हो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा.गोविन्द केसीको जुहारी ? किन गर्दैछन् आरोप–प्रत्यारोप !
- ४चुनाव सकिएको एक बर्षमै दलहरु फेरि निर्वाचनको तयारीमा,८४ भन्दै सबै दलको दौडधुप
- ५एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
तपाईको कमेन्ट लेख्नुहोस्