जनकपुरमा ६ बर्षपछि रेल आइपुग्यो,राष्ट्रिय झण्डा अङ्कित दुई वटा रेल हेर्न सर्वसाधारणको घुँइचो

जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने नेपालको राष्ट्रिय झण्डा अङ्कित दुई वटा रेल जनकपुर आइपुगेका छन् । रेल विभागका अनुसार भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत किनिएका दुईवटा रेल सेट भर्खरै मात्र जनकपुर ल्याइएको हो । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको छ भने रेल सञ्चालनको जिम्मेवारी बोकेको रेल्वे कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया समेत अघि बढाइसकेको छ ।
कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न गरेपछि रेल त्यहाँसम्म अन्यत्र विस्तार गर्ने योजना रहेको छ । आवश्यक कानुन बनाएर दशैं तिहारपछि नै रेल सञ्चालनमा ल्याउने विभागको तयारी छ ।
६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा गठन भएको रेल विभागले देशका विभिन्न स्थानमा रेलमार्ग निर्माण सहित थप सम्भाब्यता अध्ययन गरिरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #breeking, #दुई वटा रेल जनकपुर, #रेल आइपुग्यो
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्