पाँचतारे होटल टाइगर प्यालेसले निकालेका ४ सय कर्मचारी आन्दोलित
काठमाडौं । कामबाट निकालिएका रुपन्देहीको तिलोत्तमास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरु आन्दोलित भएका छन् । कम्पनीले करार सम्झौता नवीकरण नहुने भन्दै इमेल पठाएपछि आक्रोशित भएका कर्मचारीहरुले सोमबार पुनर्बहालीको माग गर्दै रिसोर्ट घेराउ गरेका हुन् । झण्डै दुई सयजनाको संख्यामा उपस्थित कर्मचारीहरुले अन्यायपुर्ण तरिकाले लिकालिएका आफूहरुलाई पुनर्बहाली गर्न माग गर्दै नाराबाजी गरेका थिए । आन्दोलनमा महिला कर्मचारीको संख्या उल्लेख्य छ । कर्मचारी आन्दोलनमा उत्रिएपछि रिसोर्टमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आन्दोदनमा उत्रिएका कर्मचारीहरुले शान्तिपूर्णरुपमै पुनर्बहालीको माग गर्दै नाराबाजी गरिरहेका छन् । कम्पनीका उच्च पदस्थ व्यवस्थापन टिम भने अष्ट्रेलिया र हङकङमा रहेका छन् । रिसोर्टमा हाल निजी क्षेत्रका सुरक्षाकर्मी र केही विदेशी कर्मचारी मात्र रहेका छन् । होटलका एचआर म्यानेजर रहेका इन्द्र भट्टराईले आफूलाई करार सम्झौता नवीकरण नहुने इमेल आएको र आफू अहिले रिसोर्टमा नरहेकाले कर्मचारीको आन्दोलनबारे केही नबोल्ने प्रतिक्रिया दिएका छन् ।
कोरोना महामारीका कारण आर्थिक संकट उत्पन्न भएको भन्दै अस्ट्रेलियन सिल्भर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित रिसोर्टले दुई वर्षे करार सम्झौता सकिएकाहरुलाई इमेलबाट पत्र पठाएर अब करार सम्झौता नवीकरण नहुने जानकारी गराएको थियो । यसरी कामबाट निकालिनेहरुमा रिसोर्टको माथिल्लो पद जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत कर्मचारी छन् । रिसोर्टमा रहेको क्यासिनोका कर्मचारी समेत कटौतिमा परेका छन् । यसरी निकालिनेमा रिसोर्टको माथिल्लो पद जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत ३ सय ९३ जना नेपाली कमदार रहेका छन् ।
रिसोर्टमा क्यासिनो समेत सञ्चालित थियो । कोरोना महामारीले निम्ताएको अकल्पनीय परिस्थितिमा होटेल बन्द भई आम्दानी शून्य हुँदा पनि कम्पनीले सबै कर्मचारीलाई ५० प्रतिशत तलब दिएको इमेल मार्फत स्मरण गराउँदै आफ्नो व्यवस्थापन आफैं गर्न र भविष्यमा होटेल खुलेपछि कर्मचारी माग हुँदा उपयुक्त पदमा आवेदन दिन भनिएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विदेशी लगानी र व्यवस्थापनमा सञ्चालित पाँचतारे होटेल भएकाले विदेशी लगानी फिर्ता हुने र लगानीकर्तालाई नकारात्मक असर नपार्ने गरी समस्याका समाधान खोज्नुपर्ने बताएका छन् ।
निकालिएका कर्मचारीको हकहितका लागि नगरपालिकाले सहजकर्ताको भूमिका निभाउने उनले दाबी गरेका छन् । चार वर्षअघि ६ अर्बभन्दा बढी लगानीमा तिलोत्तमा नगरपालिका–१३ कोटीहवामा १४ विगाह क्षेत्रफलमा प्रदेश ५ कै पहिलो पाँचतारे होटेलका रुपमा टाइगर वान प्रा.लि.अन्तर्गत टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको थियो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पाँचतारे होटल टाइगर, #पाँचतारे होटल टाइगर प्यालेस
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्