Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्लान् सहमति


काठमाडौं । नेकपामा बारम्बार नेता तथा कार्यकर्ताले उठाउने प्रश्न हो प्रधानमन्त्री केपी ओली एक्लौटी ढंगले अघि बढे । पार्टीको निर्णय विपरित राजनीतिक नियुक्तिदेखि अन्य नेताहरुलाई बाइपास गरे । तर, शुक्रबार स्थायी कमिटि बैठकबाट पारित भएको निर्णयले पार्टीको निर्णय अनुसार नै सरकार चल्ने भनिएको छ । पटक–पटक सहमति गरेर उलंघन गर्दै आएका प्रधानमन्त्री ओलीले स्थायी कमिटि बैठकका निर्णय कार्यान्वयन गर्लान् त ? त्यो नै सबैको चासोको बिषय हो ।

झण्डै पाँच महिनादेखि नेकपामा देखिएको विवाद शुक्रबार बसेको स्थायी कमिटि बैठकले टुंगो लगाएको नेताहरुले दाबी गरे । सरकार सञ्चालन अध्यक्ष ओलीले र पार्टी सञ्चालन अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्ने निर्णय नै भयो । पटक–पटक नेकपाभित्र विवादको चुरो भनेकै प्रधानमन्त्री ओलीले नेताहरुलाई गरेको बेवास्ता, राजनीतिक नियुक्ति र पार्टी निर्णय विपरित चलेको आरोप नै हो । गत मंसिरमा भएको अध्यक्षद्धय ओली र दाहालबीच भएको सहमति पनि ओलीले नै तोडेको आरोप लागेको थियो । दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमको एउटा गुट नै बनेर प्रधानमन्त्री ओलीका बिरुद्ध झण्डै पाँच महिना मोर्चा बन्दी गरे ।

अन्त्यतिर गौतम ओलीलाई साथ दिन पुगेपछि ओली र दाहालले बनाएको कार्यदलले सहमतिको खाका तयार पर्यो । त्यहि खाकाका आधारमा ओली दाहालले आफ्नो आफनो भूमिका प्रष्ट पार्दै प्रतिबेदन पनि तयार पारे । स्थायी कमिटि बैठकमा पेश भएको प्रस्तावमा बिमती राखेपनि अन्तत नेपाल स्थायी कमिटि बैठकमा झुक्नुपरेको छ । ओली, दाहाल र गौतम नै मिलेपछि केही सुझाव दिदै निर्णय पारित भएपनि नेता नेपाल भने पर्ख र हेरको रणनितिमा छन् ।

स्थायी कमिटि बैठकले पारित गरेका निर्णयमा मन्त्रीपरिषद पुर्नगठनदेखि मुख्यमन्त्रीको हेरफेरसम्म छ । एक ब्यक्ती एक पदको रणनितिमा रहेका नेपालपक्षीय नेताहरु अहिले ओली दाहालको भागबण्डालाई नै मानिरहेका छन् । सत्तारुढ दल नेकपा र प्रतिपक्षबीच सहमति हुन नसक्दा रोकिएका राजनीतिक नियुक्ति तथा संबैधानिक निकायका नियुक्ति अझै गर्न बाँकी छ । ती निकायमा नियुक्ति गर्दा पार्टीको निर्णय तथा नेता नेपाललाई भागबण्डाको हिस्सेदार बनाउछन् यो बनाउदैनन् त्यो भने हेर्न बाँकी छ । स्थायी कमिटि बैठकमा जनाएको प्रतिबद्धतामा ओली दाहालले कति कार्यान्वयन गर्छन् त्यसले नै पार्टीभित्रको बिवाद कति समय मत्थर हुन्छ । त्यो समयले नै बताउनेछ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा, #राजनीतिक नियुक्ति

तपाईको कमेन्ट लेख्नुहोस्