Techie IT
  • २५ मंसीर २०८०, सोमबार
KhojPatrika

उपत्यका खुकुलो भएसँगै भिडभाड बढ्यो


काठमाडौं । तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा बिहानैदेखि चलहपहल ह्वात्तै बढेको छ । बिहिबार बिहानैदेखि व्यापार–व्यवसाय खुलेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा सञ्चालन आएका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रशासन प्रमुखको संयुक्त बैठकले बुधबार गरेको निर्णय बिहान ११ बजेसम्म र बेलुका पाँच बजेदेखि ७ बजेसम्म गरी दुई सिफ्टमा खाद्यान्न पसल खुलाउने निर्णय गरेको हो । खाद्य बस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, माछा मासु बिक्रीका लागि उक्त सिफ्ट लागु हुनेछ । यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खुल्न पाउने छन् ।

सवारी साधन मर्मत सम्बन्धी वर्कसपहरु बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाउने छन । यसैगरी सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खुल्न पाउने छन् । यसैगरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ । फर्निचर र अटोमोबाइल सम्बन्धी पसलहरु सातामा सोमबार र बुधबार मात्र खुल्नेछन् । काठमाडौँ उपत्यका भदौं ३ गतेदेखि निषेधाज्ञा लागु भएको थियो ।
खुकुलो भएका क्षेत्र
उपत्यकामा पसल व्यवसाय सञ्चालन गर्न बार तोकिएको छ । अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिने छ ।

यस्तै खाद्य वस्तु, दूध, फलफूल तरकारी, माछा मासु, विक्री वितरण गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने ब्यवस्था मिलाइएको छ । यस्तै, निर्माणसँग सम्बन्धित सामग्री बिक्री वितरण गर्ने पसल दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सकिने छ भने टेक अवे सेवाका साथै अनलाइन डेलिभरी सेवा स्वास्थ्य मापदण्ड पूरा गरी मध्यान्ह १२ देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

यस्तै, सहकारी संस्थाहरु बिहान ११ देखि ३ बजेसम्म, सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसललगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने छ भने भाँडा र भान्साजन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने ब्यवस्था गरिएको छ ।

यस्तै फर्निचर र अटो मोबाइलसम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न पाइने छ । यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसल, इलोक्ट्रोनिक र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र फेरि बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने छ । यस्तै सवारीसाधन मर्मत सम्बन्धी वर्कसप बिहान ८ देखि राति ८ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उपत्यका खुकुलो, #भिडभाड बढ्यो

तपाईको कमेन्ट लेख्नुहोस्