काठमाडौं उपत्यकामा ३२६ सहित देशभर ९७९ जनामा कोरोना पुष्टि

काठमाडौं । उपत्यकामा सोमबार ३ सय २६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ सय २६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । काठमाडौंमा २ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभर ९ सय ७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ जना रहेको छ । आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १ सय ९० रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ३६ रहेको छ । यो सँगै निको हुनेको कुल संख्या ३० हजार ६ सय ७७ पुगेको छ । सोमबार ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३ सय पुगेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #आइसोलेशन, #कोरोनाभाइरस संक्रमित
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्