एकैदिन देशभर १३ सय ५९ संक्रमित थपिदा १३ सय ५४ जना निको
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४ सय ६४ र पुरुष ८ सय ९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ४ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । यसअघि बिहीबार उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७ सय ४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९ सय ४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५४ जना निको भएका छन् भने कुल निको हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । मृतकमा महिला ४ र पुरुष १० जना रहेका छन् । थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २ सय ७१ पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #आइसोलेशन, #कोरोनाभाइरस
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्