Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

पाँच महिनापछि अन्तराष्ट्रिय उडान: असोज १४ सम्म ६० नियमित ब्यवसायी र २७ चार्टर उद्धार उडान हुने


काठमाडौं । सरकारले मंगलवार देखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरीसकेको छ । आईतबार बसेको मन्त्रीपरिषद्को बैठक अनुसार एक दिनमा ८ सय जना यात्रुलाई नेपाल भित्रयाउन मिल्ने गरी उडान शुरु गरीएको हो । यसरी शुरु गरीएको उडानका लागि विभिन्न शर्तहरु राखिएका छन् । सरकारले पिसिआर परीक्षण गरी नेगेटिभ रिपोर्ट भएका यात्रुलाई मात्र त्यस्तो उडानमा ल्याउन पाउने नियम बनाएको छ । पिसिआर परीक्षण व्यवस्था सहज नभएका कतिपय मुलुकमा भने सरकारले निमयित उडानको अनुमति दिएको छैन। त्यस्ता देशहरुवाट भने उद्धार उडान हुनेछन् ।

नेपालमा १६० दिनपछि मंगलवार देखि अन्तर्राष्ट्रिय उडान खुला भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउन शुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडान नियमीत गर्न अनुमति दिएसँगै उडान शुरु भएको हो । सरकारले कोरोना महामारीका कारण विभिन्न देश माथि गत चैत ८ गतेदेखि लगाएको अन्तर्राष्ट्रिय हवाई उडान प्रतिवन्ध खुला गर्दै नियमित व्यवसायिक उडान तालिका तय गरेको छ । नयाँ उडान तालिका अनुसार मंगलवार देखि आगामी १४ असोज सम्ममा ६० वटा नियमित उडान र २७ वटा चार्टर उद्धार उडान हुनेछन् । तर आन्तरीक उडानका हकमा भने आईतबार बसेको मन्त्रीपरिषद् बैठकले असोज १ गतेसम्म सबै सेवा बन्द गरेको छ ।

अन्तराष्ट्रिय उडानका हकमा दैनिक दुई व्यावसायिक उडान तथा एक चार्टर उडानका लागि नागरिक उडडयन प्राधिकरणले अनुमति दिएको छ । सरकारले अझै कोरोनाको उच्च जोखिम कायमै रहेका मुलुकबाट पिसिआर रिपोर्ट सहित आउन नसक्नेहरूलाई मध्यनजर गरी केही मुलुकमा भने चार्टर उद्धार उडानलाई नै निरन्तरता दिने भएको छ । जसमा माल्दिभ्स,कुवेत, साउदी अरब, र ओमन रहेका छन् । सरकारले पिसिआर टेष्ट सहज नहुने देशमा चार्टर्ड उडान गर्ने यसअघि नै निर्णय गरिसकेको छ । यसरी चार्टर्ड उडान हुने देशबाट वैदेशिक रोजगारको सम्झौता म्याद सकिएका नेपाली जो आफै पैसा तिरेर आउन सक्छन्, कम्पनी आफैले पैसा तिरि दिनेहरु मात्र आउन सक्ने भएका छन् ।

सरकारले हवाई सेवाका लागि समय–समयमा मिति तय गर्दै आन्त्रीक तथा अन्तराष्ट्रिय फ्लाईटहरु खोल्ने भनेपनि देशमा कोरोना संक्रमणको गति बढ्दै गएपछि सार्दै आईरहेको छ । पछिल्लो यो निर्णयले बिदेशमा बेखर्ची भई अलपत्र परेकाहरुलाई चार्टर्ड उडानबाट आउने बाटो भने बन्द गरीदिएको छ । टिकट समेत महङ्गो हुने र नेपाल आइएपनि एकहप्ता होटल क्वारेनटाईन बस्नुपर्ने बाध्यकारी नीतिले उनिहरुलाई अप्ठेरोमा पारेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अन्तराष्ट्रिय उडान, #व्यवसायिक उडान

तपाईको कमेन्ट लेख्नुहोस्