बढ्दो कोरोना मिटर : ११ जनाको मृत्यु, १ हजार ६९ जनामा संक्रमण
काठमाडौं । कोरोनाभाइरसबाट देशभर मंगलबार मात्रै थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ सय ४४ महिला र ७ सय २५ पुरुष गरी १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार ५ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७ सय ६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८ सय ३२ र होम आइसोलेशनमा ७ हजार २ सय ८० जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पिसिआर परिक्षण गरिएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #डिस्चार्ज, #बढ्दो कोरोना मिटर
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्