मास्कले कत्तिको रोक्छ कोरोना संक्रमण ?
काठमाडौं । मास्क धुवा धुलोबाट बच्न लगाइन्थ्यो । पछिल्लो समय मास्क कोरोना भाइरसको बिरूद्ध लडाईमा अनुहारको प्रतीक बनेको छ । सरकारले नै कोरोना संक्रमणबाट बच्न मास्क लगाउन सिफारिस गरिएको छ । त्यति मात्रै होइन, विश्व स्वास्थ्य संगठनले पनि कोरोनाबाट बँच्न मास्कको प्रयोग गर्न सुझाब दिइरहेको छ । कोरोना भाइरसबाट जोगिन एन नाइन्टि फाइभ र मेडिकल मास्कहरूको प्रयोग हुने गरेको छ । त्यसबाहेक अरुबेला धुवाँ धुलोबाट जोगिन प्रयोग गरिने मास्क पनि प्रयोग गरेको पाइन्छ ।
विशेषज्ञहरुका अनुसार एन नाइन्टि फाइभ सबै भन्दा पहिचान योग्य र प्रभावकारी मास्क रहेको छ । यसको नामको अर्थ यसले कम्तिमा ९५ प्रतिशत साना कणहरू रोक्न सक्छ । मास्कहरुले ६० देखि ८० माइक्रोनसम्मका साना कणहरूको फिल्टर गर्दछन । मास्क जब राम्रोसँग लगाईन्छ यसले कोरोना भाइरसको फैलावट रोक्ने जनस्वास्थ्य वैज्ञानिक डा.समिरमणि दीक्षित बताउँछन् ।मुख्य गरि जब कसैले खोक्छ वा हाछ्ँयु गर्छ, तब जुनसुकै मास्कले त्यसबाट आउने जीवाणुहरु रोक्ने गर्छ ।
नाकको माथिपट्टिबाट चिउँडोसम्म छोपिने गरी मास्क लगाउनाले कोरोना भाईरस रोक्ने दीक्षित बताउँछन् । सर्जिकल माक्स एन नाइन्टि फाइभ, केएन नाइन्टि फाइभ जस्ता मेडिकल माक्सहरुको अभाबका कारण मानिसहरु कपडाको माक्स प्रयोग गर्न बाध्य बनेका छन् । मेडिकल मास्कको अभाव र आपूर्तिमा समस्या हुँदा धेरैले घरेलु मास्क लगाउने गर्छन् । घरेलु मास्कले कहिलेकाँही मेडिकल मास्कले गर्ने जस्तै तरीकाको सुरक्षा गर्न सक्छ । तर, अनुहार छोप्न केही पनि नहुुनुभन्दा यो लगाउनु पनि राम्रो हुन्छ ।
क्याटेगोरी :
देश/दुनियाँ,
ब्रेकिंग न्युज,
समाचार
ट्याग : #कोरोना भाइरस, #मास्क
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्