Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

किन दिए प्रधानमन्त्रीले पिसिआर परिक्षणको तथ्याङक गलत


काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागिरहेको छ । सत्तारुढ दलभित्रै आन्तरिक कलहले नियुक्ति र भागबण्डाको विवाद पनि कायमै छ । यहि बीचमा प्रधानमन्त्री ओलीले करिव दुई घण्टा लामो अन्र्तवार्तामा पत्रकार ऋषि धमलासँग अनेकौं प्रश्नमा घुमाउरो जवाफ र केही गलत तथ्याङ प्रस्तुत गरेका छन् । पार्टीभित्र एक्लौटी रुपमा चल्न खोजेको भन्दै नेताहरुले चर्को विरोध गरिरहेका बेला प्रधानमन्त्री ओलीले भने पार्टीले सरकार चलाउने भए किन चाहियो मन्त्रीपरिषद भन्दै प्रतिप्रश्न गरे ।

प्रधानमन्त्री ओलीले ब्यक्तीगत आकांक्षा सरकार संञ्चालन र पार्टीभित्रको कुरामा कुनै ब्यवधान नल्याउन आग्रह मात्रै गरेनन् केही महिना अर्का अध्यक्ष पुष्पकमल दाहालले सहयोग नगरेको समेत गुनासो गरे । मन्त्रीपरिषद पुर्नगठनबारे पनि प्रधानमन्त्रीले खुलेरै जवाफ नदिएपनि बिचार गरिरहेको भने जानकारी दिए । उपाध्यक्ष बामदेव गौतमलाई आफनो साथमा ल्याएको प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा लिने कुनै निर्णय नभएको मात्रै बताएनन् तत्काल मुख्यमन्त्री परिवर्तन गरिनु भनेको अस्थिरता ल्याउनु भएको समेत तर्क गरे । अन्य बेला समेत तथ्याङकमा चुक्ने गरेका प्रधानमन्त्री ओलीले दैनिक १२/१३ हजारको पिसिआर परिक्षण भइरहेका बेला प्रतिदिन २३ हजार पिसिआर परिक्षण गरेको गलत सुचना दिए ।

कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रधानमन्त्री ओलीले शेरबहादुर देउवालाई उहाँ भएको भए सफल हुनुहुन्थ्यो ? कसले उहाँले आदर्श मान्नुहुन्छ भारतलाई भन्दै प्रतिप्रश्न गरे । प्रधानमन्त्री ओलीको यो अभिब्यक्तीलाई कांग्रेसले सरकार पूर्ण रुपमा असफल भएको पुष्टि गरेको दाबी गरेको छ । लिपुलेक, कालापानी तथा लिम्यिाधुरा समेटेर नक्सा जारीपछि ठप्प भएको संम्बाद समेत सुरु भएको भन्दै प्रधानमन्त्री ओलीले अव चरणबद्ध रुपमा भारतसँग प्रमाण समेत पेश गर्दै छलफल गरिने दाबी गरे ।

बिभिन्न नियुक्तिमा नातागोता तथा बिचौलियाले प्राथमिकता पाएको प्रसंगमा प्रधानमन्त्री ओलीले आफना कुनैपनि नातेदारले नियुक्ति नपाएको दाबी मात्रै गरेनन् नियुक्ती योग्यताको आधारमा गरिएको जिकिर गरे । अधिकांश प्रश्नको केही ब्यङग्य र कटाक्षमा जवाफ दिएका प्रधानमन्त्री ओलीले सरकारको काम प्रभावकारी भएको समेत दाबी गरेका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री, #प्रधानमन्त्री ओली, #सरकार असफल

तपाईको कमेन्ट लेख्नुहोस्