एकैदिन १ हजार २२१ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं । एकैदिन नेपालमा १ हजार २२ सय २१ जनामा कोरोना पुष्टि भएको छ । देशभर ३ सय ४८महिला र ८ सय ७३ पुरुष गरी जम्मा १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८हजार ५ सय ६१ पुगेको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६ सय १२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९ सय रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ ।
त्यस्तै, नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित थप १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ सय २१ जना पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #१४ जनाको मृत्यु, #कोरोना संक्रमित
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्