बालबालिकालाई टाढै राखौं, कोरोना संक्रमण हुनबाट जोगाउ

काठमाडौं । नेपालमा अहिलेसम्म ४ हजारभन्दा धेरै बालबालिकामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । कूल संक्रमितमध्ये ७ प्रतिशत बालबालिका रहेका छन् । कुपोषण भएका बालबालिकामा रोगसँग लड्ने प्रतिरोधी क्षमता कमजोर हुने भएकोले संक्रमित भएमा मृत्युसमेत हुन सक्ने विज्ञहरुले बताउने गरेका छन् । कोरोना महामारीको जोखिम अहिले समुदायस्तरमा नै बढिरहेको छ । बालबालिकाहरु पनि कोरोनाको जोखिममा पर्ने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म देशभर १८ वर्षमुनिका ४ हजार ३ सय २२ बालबालिकामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बालक बढी छन् । यो संख्या ३ हजार ३ सय १५ छ । बाँकी १ हजार सात जना बालिका रहेका छन् ।
कोरोनाको उपचार तथा नियन्त्रणमा अग्रपंक्तिमै खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका छोराछोरीहरू सङ्क्रमणको उच्च जोखिममा परेका छन् । कान्ति बाल अस्पतालका निर्देशक तथा बालरोग विशेषज्ञ डाक्टर कृष्ण पौडेलका अनुसार कुल संक्रमितमध्ये ७ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका छन् । यो उमेरका बालबालिकामा घरका अन्य सदस्यबाट सरेको हुनसक्ने पौडेलको भनाई छ । बालबालिकालाई कोरोनाबाट सुरक्षित राख्न सरसफाईमा ध्यान दिने, सकेसम्म ठूला व्यक्तिबाट टाढा राख्ने, घरबाहिर निस्कन नदिने गर्नुपर्ने चिकित्सकहरको सुझाब रहेको छ ।
कुपोषण भएका बालबालिकामा रोगसँग लड्ने प्रतिरोधी क्षमता कमजोर हुने भएकोले उनीहरू संक्रमित भएमा मृत्युसमेत हुने सम्भावना धेरै हुन्छ । १८ वर्षमुनिका संक्रमितमध्ये ५८ प्रतिशत निको भइसकेका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ४ जना बालबालिकाको मृत्यु भएको छ । असार १७ मा म्याग्दीका एक शिशुको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोनाकै कारण मृत्यु भएको थियो। त्यस्तै, जनकपुरमा १२ वर्षीय बालक, बाजुरामा २ वर्षीया बालिका र धरानमा ६ महिने शिशुको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । नेपालमा अन्य देशको तुलनामा बालबालिकाको संख्या बढी कुल जनसंख्याको ४२ प्रतिशत छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बालबालिकामा कोरोना संक्रमण, #बालबालिकालाई टाढै राखौं
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्