उपत्यकामा ३ हजार २ सय ६२ संक्रमित मध्ये काठमाडौंमा मात्रै २५ सय ७९
काठमाडौं । उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ६२ पुगेको छ । ती मध्ये काठमाडौंमा मात्रै २ हजार ५ सय ७९ कोरोना संक्रमित रहेका छन् । पछिल्लो चरण तीब्र गतिमा फैलिएको कोरोना भाइरसका कारण दैनिक काठमाडौं उपत्यकामा सरदर २ सयको हाराहारीमा संक्रमित भेटिइरहेका छन् । काठमाडौंका ३२ वटा वडामा कोरोना भाइरसका संक्रमित भेटिएका छन्। तिमध्ये सबैभन्दा धेरै वडा नम्बर ३२ को कोटेश्वर क्षेत्रमा मात्र १ सय २३ जना रहेका छन् ।
काठमाडौंमा मात्रै एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ महिला गरेर २ हजार ५ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, ललितपुरमा २ सय २५ पुरुष र १ सय ८६ महिला गरेर ४ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा १ सय ७३ पुरुष र ९९ महिला गरेर २ सय ७२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा शनिबारसम्ममा ३२ वटा वडामा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएकोमा १ सय ८८ जना निको भएका छन्। ८ जनाको भने मृत्यु भएको छ ।
काठमाडौंको पनि कोटेश्वरमा धेरै संक्रमित छन्। कोटेश्वरमा मात्रै १ सय २३ जनामा कोरोना हुँदा ७ जना निको भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३१ हजार ९ सय ३५ जनामा कोरोना पोजेटिभ आएको छ। जसमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। संक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको छ। १ सय ४९ जनाको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ। आइतबार मात्रै ८ सय १८ जनामा कोरोना पुष्टि भएको छ भने २ सय ८१ जना निको भएका छन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #काठमाडौंमा कोरोना संक्रमित
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्