काठमाडौं उपत्यकामा विहान सवा ९ बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न पाइने
काठमाडौं । उपत्यकाका तीन जिल्लामा बिहान सवा ९ बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न पाइने निर्णय गरिएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरिएको हो ।
किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । औषधी पसलको हकमा भने कुनै रोकतोक नलगाइएको प्रशासनले जनाएको छ । बिहान ७ बजे नै प्रहरीले पसल बन्द गराउन लगाएको भन्ने गुनासो आएपछि उपत्यकाको तीन प्रमुख जिल्ला अधिकारीहरुको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारमध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । गत मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #उपत्यकाका तीन जिल्ला, #कोरोनाभाइरस संक्रमित
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्