किन साँझ मात्रै प्रकाशित हुन्छ एसईई परिक्षाको नतिजा,आयो एसईईको नतिजा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सोमबार साँझ प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको दिनभर बसेको बैठकपछि सोमबार साँझ नतिजा प्रकाशित भएको हो। कोरोना भाइरसको महामारीका कारण यसपटक एसईई परीक्षा सञ्चालन नभएपनि बिद्यालयहरुको आन्तरिक मुल्यांकनबाट नतिजा प्रकाशित गरिएको हो । परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फारम भरेपनि चार लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरिएको हो ।
परीक्षाका लागि फारम भरेका मध्ये १० हजार ९ सय ८ विद्यार्थीको नियमानुसार हाजिरी नपुगेको, फाराम भर्दा त्रुटि भएको र नियम पूरा नगरी अयोग्य भएकाले नतिजा आएको छैन् । नतिजा सार्वजनिक गरेपनि बोर्डले कति विद्यार्थीले कुन जिपिए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन। उक्त विवरण विद्यार्थीले विभिन्न वेभसाईट र एसएमएसबाट थाहा पाउन सक्ने व्यवस्था गरिएको छ । यसवर्षको नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुर्नयोग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी कार्य भने नहुने भएको छ ।
बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिन भित्र जिल्लास्थित शिक्षा तथा समन्वय एकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । गत चैत ६ गतेबाट सञ्चालन गर्ने गरी तय गरेको परीक्षा कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण अन्तिम समयमा आएर सरकारले स्थगन गरेपछि कक्षा १० को परीक्षामा आएको नतिजा र विद्यालयको समितिले गरेको मूल्याङ्कनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षताको तीन सदस्यीय मूल्याङ्कन समितिले गर्ने आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयहरुले आ आफ्ना विद्यालयका कक्षा १० का विद्यार्थीको नतिजा तयार पारेर बोर्डमा पठाएका थिए। सोही अधारमा बोर्डले अक्षराङ्कनमा बदलेर प्रमाणीकरण गरेर अन्तिम नतिजा तयार पारी सार्वजनिक गरिएको बताईएको छ । परीक्षाफल प्रकाशित भएपनि भदौ १५ गतेसम्म विद्यार्थी भर्ना गर्न भने नपाइने भएको छ ।
सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय एकाइले कारबाही गर्ने बताएको छ। बोर्डका अनुसार नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउने व्यवस्था गरेको छ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #एसईईको परीक्षाफल
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्