मास्कको गलत प्रयोगले झन् कोरोनाको जोखिम, एउटा मास्क कति दिनसम्म प्रयोग गर्न मिल्छ ?
काठमाडौं । चीनको बुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरस यतिबेला बिश्वका एक सय १२ देशमा फैलिएको छ । मै हुँ भन्ने शक्तिशाली देशहलाई समेत यसले आछुआछु बनाएको छ । विश्वमा कोरोना भाइरस फैलिएपछि मास्क तथा सेनिटाइजरको प्रयोग तथा ब्यापार पनि ह्वात्तै बढेको छ । हरेक देशका नागरिक यतिबेला मास्क तथा सेनिटाइजर प्रयोग गरिरहेका छन् । अर्थात् अझ मास्कको प्रयोग गर्न समेत विश्व स्वास्थ्य संगठनले आह्वान गरेको छ । माक्स लगाउँदा कोरोना भाइरस संक्रमण फैलिने जोखिम कम हुने समेत तथ्य फेला परेको छ । त्यसैले पनि विश्वका अधिकांश मानिसहरुले अहिले माक्स प्रयोग गरिरहेका छन् । केही समयअघि मास्क नै प्रयोग नगर्ने अडान लिदै आएका अमेरिका राष्टपति डोनाल्ड टम्पले समेत मास्कको प्रयोग गर्न थालेका छन् ।
कोरोना भाइरसको जोखिमबाट बच्न सबैले मास्क प्रयोगको क्रम बढेको छ । तर, मास्क प्रयोग सहि तरिकाले नगर्दा झन जोखिम पनि बढाउने गर्दछ । नेपालमा कोरोना संक्रमण दैनिक रुपमा बढिरहेको छ । तर, शहर क्षेत्रमा मास्क प्रयोगमा पनि हेलचेक्र्याई गर्दा कोरोनाको जोखिम उच्च छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण तीव्र रुप फैलिँदै गर्दा बारम्बार सर्वसाधारणलाई मास्क लगाउन प्रोत्साहन गरिरहेको छ। पछिल्लो समय सबैका लागि मास्क अत्यावश्यक नै भइसकेको छ । दैनिक पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले पटक–पटक सबैलाई मास्कको प्रयोग गर्न सुझाव दिँदै कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत गराउँदै आएको छ । सही तरिकाले मास्कको प्रयोग गर्दा थुकका छिटाहरूबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हुन सक्ने सङ्क्रमणको जोखिम कम हुन्छ ।
घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अन्य व्यक्तिलाई संक्रमणको जोखिमबाट बचाउन मास्कले केही हदसम्म सहयोग पुर्याउने बिज्ञहरुको भनाई छ । मास्कको सही प्रयोग र सही छनोट सबै भन्दा बढी महत्वपूर्ण हो । अहिले बजारमा अनेक थरिथरीका मास्कहरु बिक्री बितरण हुँदै आएका छन् । मास्कको प्रयोग गर्दा सबै भन्दा पहिला आफू कस्ता ठाउँमा जाँदै छु भन्ने कुरालाई ध्यान राख्नुपर्छ । जोखिमयुक्त ठाउँमा जाने व्यक्ति जस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले एन–९५, एन–९९ मास्क प्रयोग गर्न जरुरी छ ।
भिडभाडमा जाने, दीर्घ रोगी, लक्षण देखिएका व्यक्तिहरुले यस्तो मास्क अनिवार्य रुपमा प्रयोग गर्नु पर्छ। तर, अन्य व्यक्तिहरुले भने सर्जिकल मास्क प्रयोग गर्नुपर्दछ। मास्क प्रयोग गर्दा सकेसम्म फिल्टर नभएको मास्क प्रयोग गर्नुपर्छ । फिल्टर नभएको एन–९५, एन–९९, केएन–९५ मास्क प्रयोग गर्नु जरुरी छ । फिल्टर भएको मास्क सुरक्षित नभएको बिज्ञहरुको भनाई छ । विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार फिल्टर भएको मास्कले भाइरसलाई फिल्टर गर्न नसक्ने भएका कारण यस्तो मास्क प्रयोग नगर्न अनुरोध गरिएको छ ।
मास्कको प्रयोग कति दिन गर्ने
अधिकांश मानिसहरुको एउटै मास्क तीन चारदिनसम्म प्रयोग गरिएको पनि पाइन्छ । तर, केएन–९५ मास्क २४ घण्टासम्म मात्र प्रयोग गर्न स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन ।
मास्कको बनावट अनुसार मास्कको व्यवस्थापन गर्न सर्जिकल मास्क भने ५ देखि ६ घण्टासम्म मात्रै प्रयोग गर्नु पर्दछ । एक पटक प्रयोग गरेको सर्जिकल मास्क अर्को पटक लगाउन हुँदैन । लगाइसकेको मास्कलाई सही तरिकाले व्यवस्थापन नगर्दा थप जोखिम पनि बढ्ने गर्छ । कोरोना भाइरस कति लामो समयसम्म बाच्न सक्छ भन्ने अहिले सम्म एकीन भएको छैन् ।
विस्व स्वास्थ्य संगठनले ६ घण्टा भनेपनि भाइरस परिवर्तन भइरहेको देखिएको छ । नेपालमा एन–९५, केएन–९५, सर्जिकल मात्र नभएर बिभिन्न कपडाको मास्क पनि प्रयोग गरिएको पाइन्छ। तर, विश्व स्वास्थ्य संगठनले कपडाको मास्कले थुकका छिट्टा रोक्न नसक्ने बताएको छ । तर, नेपालमा भने कपडाकै मास्क भएपनि प्रयोग गर्न भनिएको छ । मास्कको प्रयोग गर्दा सबैभन्दा पहिला राम्रोसँग साबुनपानीले हात धुनुपर्छ। धोएको हात सुकिसकेपछि प्याकेटबाट मास्क निकालेर मास्कको भित्रपट्टि नछोएरै दुईवटा डोरीको सहायताले लगाउनुपर्छ। सर्जिकल मास्क हो भने मास्कको दोबारिएको तहलाई तलतिर पारी दुई हातले डोरी समाएर कानमा अड्काउनु पर्ने बिज्ञहरुले बताएका छन् ।
मास्क लगाइसकेपछि नाकमा टम्म हुने गरी मिलाउनु पर्छ। मास्कले नाक र मुख छोप्नुका साथै चिउँडो पछि छोपिने गरि लगानु पर्छ। लगाइएका बेला मास्कलाई चिउँडो मुनि झुन्ड्याउने, धेरै पटक फुकाल्ने गर्नुहुँदैन। पसिना आएको, जथाभावी छोएको, मोबाइल चलाएको हातले घरीघरी हातले मास्क छुनुहुँदैन। मास्कको प्रयोग सकिएपछि वा घर फिर्ता भइसकेपछि मास्कलाई दुईतिरबाट डोरी समातेर झिक्नु पर्छ। झिक्ने बित्तिकै डस्टबिनमा फ्याँक्नु पर्छ।
मास्कको प्रयोग गरेर मात्रै कोरोना भाइरस संक्रमण रोकिने हैन् दुई मिटरको दूरी कायम, पटक पटक साबुन पानीले हात धुने वा सेनेटाइजर प्रयोग गर्नुपर्छ । यी तीन कुराको सही तरिकाले पालना गर्ने हो भने धेरै हदसम्म संक्रमणबाट जोगिन सकिने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दैनिक पत्रकार सम्मेलनमा बताइरहेका छन् । नेपालमा मास्क प्रयोग पनि नाक नछोपी चिउडीमा लगाउनु कतिपयले हातमा झुण्ड्याइएको पनि देखिन्छ । मास्क प्रयोग नै सहि तरिकाबाट भएन भने मास्कले नै कोरोना संक्रमणको थप जोखिम बढाउन सक्छ त्यसैले सचेत भएर मास्क प्रयोग गर्न बिज्ञहरुले सुझाव दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस संक्रमण, #मास्कको गलत प्रयोग, #विश्व स्वास्थ्य संगठन
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्