काठमाडौंमा उपत्यकामा गरियो यी क्षेत्रमा निषेधाज्ञा, नियम पालना नगरे कडा कारवाही
काठमाडौं । उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयहरुले बिभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनको संयुक्त बैठकले निषेधाज्ञा जारी गरिएको हो । अव उपत्यकामा भीडभाड, जुलुस, खुला स्थानमा मानिसहरू भेला हुन पाइने छैन । साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि लगाइएको प्रतिबन्धमा भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न पाइने छैन् ।
दैनिक हुने नित्यपूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधि, चाडपर्व, धार्मिक–साँस्कृतिक काम गर्दा हुने आफन्तहरुको जमघट, शैक्षिक संस्थाहरू सञ्चालन,सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा रोक लगाइएको छ । कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा र साइकल सञ्चालन हुने व्यवसायमा समेत रोक लगाइएको छ ।
उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकको ओसारपसार गर्ने र टेक अवेबाहेक रेस्टुरेन्ट सञ्चालन गरे कडा कारबाही गरिने भएको छ । निषेधाज्ञामा बन्देज गरिएका गतिविधि गरेमा कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा कोभिड १९ संक्रमण बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढी कामकारवाही र व्यवसाय गर्न निषेध गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार आदेश जारी विभिन्न निषेधित गरिएका गतिविधिहरु सार्वजनिक गरेका छन् । ‘खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन नपाइने ब्यवस्था गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्