कालिकोटमा पहिरो जाँदा ६ जनाको मृत्यु, सिन्धुपाल्चोकमा पनि पहिरो, १३ घर पुरिए
काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएका मृतकहरुको शव शुक्रबार बिहान निकालिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।मृतकहरु मध्ये चार जना विष्ट परिवारका सदस्य र दुई जना छिमेकी रहेको प्रहरीले जनाएको छ । कालिकोट लगायतका क्षेत्रमा रातभर पानी परेको थियो ।
त्यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा भीषण पहिरो गएको छ । शुक्रबार विहान ६ बजेतिर पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएको बताइएको छ । १५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका छन् । सो क्षेत्रमा २५ देखि ३० घरहरु जोखिममा रहेको बताइएको छ । अहिले पानी पर्न रोकिएपनि पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पहिरो जाँदा ६ जनाको मृत्यु, #सिन्धुपाल्चोकको जुगल
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्