नौं दिनपछि नेकपा अध्यक्षद्धयको संवाद–शुक्रबार फेरि छलफल गरौं
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र अध्यक्षद्धयबीचको आन्तरिक कलह बढ्दै गरेको आँकलन गरिदै गर्दा ९ दिन लामो सम्वादहिनता तोडेर फेरी छलफल सुरु भएको छ । साउन २० गतेअघि लगातार दिन दिनै संवादमा जुटेका अध्यक्ष द्धय आ–आफ्नै अडानमा अडिग भएपछि छलफलको प्रक्रिया नै लामो समयसम्म अबरुद्ध भएको थियो । २१ गते साँझ ५ गते वार्ता तय भएपनि अध्यक्ष प्रचण्ड समूहले काठमाडौं एक कलेजमा पत्रकार भेला राखेपछि छलफल भाँडिएको थियो । पार्टी भित्रको असन्तुष्टि हल गरेर अध्यक्षद्धयलाई संवादमा ल्याउन भन्दै केही नेताहरुले मध्यमार्गी भुमिका खेलेर प्रचण्डसँग भेट गरेपनि निकास उन्मुख छलफलका लागि मात्रै भेटवार्ता हुने जवाफ आयो ।
बुधबार प्रधानमन्त्री केपी ओलीले ५ दिनभित्र नेकपामा नयाँ सिनारियो देखिने बताउँदै काउन्टडाउन सुरु भएको संकेत गरेसँगै बिहिबार छलफलले निरन्तरता पाएको छ । बिहिबारको छलफललाई विवादको विषयवस्तुमा केन्द्रित भएकाले छिट्टै नेकपा भित्रको आन्तरिक किचलोको समाधान हुने आशाका रुपमा हेरिएको छ । चार घण्टा लामो संवाद गरेका अध्यक्षद्धयले शुक्रबार समेत भेटवार्ता गर्ने सहमति गरेर सकारात्मक छलफलको सन्देश दिएका छन् । भेटवार्तामा महाधिवेशन आयोजक कमिटी गठन गर्ने र त्यसको एकल नेतृत्व गर्न प्रचण्डलाई प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीले प्रस्ताव गरेको बुझिएपनि छलफलमा के भयो भन्ने आधिकारीक जानकारी सार्वजनिक गरिएको छैन ।
बिहीबार ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता भइरहँदा महासचिव विष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्मा पनि बालुवाटारमै रहेकाले पनि अबको छलफलमा सहमति खोज्नुपर्ने दबाब सिर्जना भएको छ । पार्टीको नेतृत्व, सरकारका काम कारबाही, नियुक्ति र नेताहरुको कार्यविभाजनका साथै प्रधानमन्त्री ओलीको एकल कार्यशैलिका बिषयमा सत्तारुढ दलभित्र मतभेद रहँदै आएको छ । कुनै सहमति नभएपनि समाधान उन्मुख हुने गरी छलफल भएको भनिदै गर्दा विगत जस्तो अडान दोहोरिन्छन वा निकास निस्कन्छ । यसका लागि भने आगामी भेटवार्ताको नतिजा पर्खनुपर्ने हुन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अध्यक्ष प्रचण्ड, #नेकपा अध्यक्षद्धय
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्