लामो दुरीका यातायात र आन्तरिक तथा बाह्य हवाई उडान भदौ १५ गतेसम्म नचल्ने
काठमाडौं । कोरोनाको जोखिम थप बढेपछि सरकारले भदौ १५ गतेसम्म हवाइ र लामो दूरीको यातायात बन्द गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिम थप बढेको भन्दै भदौ १५ गतेअघि आन्तरिक तथा बाह्या हवाइ सेवा खोल्ने र लामो दूरीको यातायात चलाउन नदिने निर्णय गरेको हो। यसअघि सरकारले भदौ १ गतेदेखि एक जिल्लाबाट अर्को जिल्लामा जाने लामो दूरीका यातायात खुला गर्ने निर्णय गरेको थियो। हाल जिल्लाभित्र मात्रै जोर विजोर प्रणालीअनुसार सार्वजनिक र नीजि सवारी साधन सञ्चालित छन्।
शैक्षिक संस्थाहरु अर्को निर्णय नभएसम्मका लागि बन्द नै गर्ने निर्णय सरकारले गरेको छ । यसअघि सरकारले भदौ १ गतेदेखि भर्ना सुरु गर्ने निर्णय गरेको थियो । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टिनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि बैठकले गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोनाको जोखिम, #भदौ १५ गतेअघि, #यातायात र हवाई उडान
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्