Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

नेपालमा थपिए ३३८ जना कोरोना संक्रमित, थप चार जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ३३८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४० जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १६ हजार ४९३ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए
सबैभन्दा धेरै बाँकेमा ६३ जना, काठमाडौंका ३६, रौतहटका ३१, मकवानपुरका २३, पर्साका २२, सर्लाहीका २१, दैलेखका १७, प्युठान र मोरङका १५र१५ जना, धनुषाका १३, कपिलपस्तुका ११, कैलाली र सल्यानका ७र७ जना, सिन्धुली ६, दाङ ५, ललितपुर, भक्तपुर र नुवाकोटका ४र४ जना, महोत्तरी, बारा र गोरखाका ३र३ जना, मोरङ, बर्दिया, तनहुँ र नवलपुरका २र२ जना तथा झापा, अछाम, अर्घाखाँची, बाग्लुङ, सिन्धुपाल्चोक, चितवन, स्याङ्जा, रोल्पा, सुर्खेत, बैतडी, बझाङ, पाल्पा, रामेछाप, रुपन्देहीका एकएक जनामा कोरोना संक्रमण पुष्टि ।
काठमाडौं उपत्यकामा संक्रमित
काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उपत्यकामा संक्रमितको संख्या ११ सय ८० पुगेको छ । काठमाडौंमा मात्रै संक्रमितको संख्या एक हजार पुग्न लागेको छ । बढ्दै गरेको भीडभाडले थप जोखिमको आँकलन गरिदैगर्दा काठमाडौं उपत्यकामा ठूलो संख्यामा संक्रमित पहिचान भइरहेका छन् ।
मृतकको संख्या ८० पुग्यो
पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट काठमाडौंमा दुई सहित थप चार जनाको मृत्यु भएको छ । काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कीर्तिपुर–२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । निमोनिया र मधुमेहका विरामी उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

वीरगञ्जको कोरोना विशेष अस्पताल, गण्डकमा उपचारका क्रममा आइतबार मृत्यु भएकी वीरगञ्ज–१५ भेडियाहीकी ४५ वर्षीया महिला र शनिबार मृत्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिका–५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि गरिएको जाँचमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना भाइरस, #कोरोना संक्रमित, #वीरगञ्जको कोरोना विशेष

तपाईको कमेन्ट लेख्नुहोस्