गोंगबु घटना : सुटकेशमा शव, जेब्रा झोलामा खुट्टा र टाउको
काठमाडौं । काठमाडौंका गोंगबु नजिकै सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । गोंगबुको गणेशस्थान नजिकै बेवारिसे सुटकेश खोलेर हेर्दा शव भेटिएको थियो । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान हुन सकेको छैन । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ । सुटकेशबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले सुटकेशभन्दा दुई सय मिटरको दूरीमा जेब्रा झोलामा खुट्टा र टाउको फेला परेको जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हत्या गरिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन। अन्दाजी ४५ वर्षका लाग्ने पुरुष व्यक्तिको हत्या भएको प्रहरीले जनाएको छ। शनिबार राति हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।
त्यस्तै, सुटकेश र जेब्रा झोला राखिएको ठाउँ सिसिटिभीको फ्रेमभन्दा बाहिर रहेको पाइएको छ। सुटकेश गोंगबु चोकभन्दा करिब एक सय मिटरको दूरीमा राखिएको थियो। त्यस आसपास क्षेत्रमा गोंगबु चोकमा मात्र सिसिटिभी क्यामेरा रहेको छ। सुटेकेशमा टाउको र खुट्टा काटेर निकालिएको अवस्थामा शव भेटिएको थियो। टाउको र खुट्टा भने सुटकेश राखिएको स्थानभन्दा करिब ४ सय मिटर टाढा भेटिएको थियो। घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #गोंगबु घटना, #गोंगबु नजिकै सुटकेसभित्र टाउ, #जेब्रा झोलामा खुट्टा र टाउको, #बेवारिसे सुटकेश खोलेर हेर्दा शव, #सिसिटिभीको फ्रेम
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्