Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

एकैदिन ४ सय ६४ मध्ये १ सय ६ कोरोना संक्रमित काठमाडौं उपत्यकामा भेटिए


काठमाडौं । दैनिक काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । एकै दिन काठमाडौँ उपत्यकामा एकै दिन थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौँका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ललितपुरका ३ र काठमाडौँका १४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा भक्तपुरका २, काठमाडौँका ३९ र ललितपुरका ३ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ५, भक्तपुरका १ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै वीर अस्पतालमा गरिएको परिक्षणका काठमाडौँका ४ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौँका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ७ जना र स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ११ र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरि विध ल्याबमा गरिएको परिक्षणमा ललितपुरका १ र काठमाडौँका २ जना, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ४ जना, नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ र काठमाडौँका १ जना र सूर्य हेल्थ केयरमा काठमाडौँमा गरिएको परिक्षणमा काठमाडौँका ४ जना कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा बिहीबार ८७ जना र बुधबार ६२ जना कोरोना संक्रमित थपिएका थिए। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेहरुको संख्या १५ हजार ८ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर गरिएको छ । हाल देशभर १० हजार २ सय ७ जना क्वारेन्टिनमा रहेका छन् । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको छ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #कोरोना संक्रमित, #परिक्षणका काठमाडौँ

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं