सुरक्षाकर्मीमा बढ्दो कोरोना संक्रमण, अहिलेसम्म ३ सय १९ जना संक्रमित

काठमाडौं । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका बरिष्ठ तथा कनिष्ठ कर्मचारीहरुमा कोरोना संक्रमण बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुरक्षाकर्मी ६ जना सहित हालसम्म ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय जना उपचाररत र १ सय ९९ जना निको भईसकेका छन् । नेपाल प्रहरीका एसएसपी कुबेर सिंह कठायतका अनुसार प्रहरी हेडक्वाटरमा मात्रै कोरोना संक्रमितको संख्या ८५ पुगेको छ ।
शसस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालका अनुसार हालसम्म सशस्त्र प्रहरी बलका १ सय ५८ जना संक्रमित रहेका छन् भने ७० उपचाररत छन् । ८८ जना संक्रमणमुक्त भएर नियमित काममा फर्किसकेका छन् । प्रवक्ता अर्यालले सरकारले कोभिड नियन्त्रण र रोकथामका लागि बनाएको निर्देशिका बमोजिम आफुहरु निरन्तर काममा खटिइरहेको जानकारी दिए । नेपाली सेनामा १२८ जनामा संक्रमण देखिएकामा ७८ जना संक्रमणमुक्त भएका छन् भने ५० जनाको उपचार भइरहेको छ । सबैको अवस्था सामान्य रहेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।
यसरी पहिलो घेरामा रहेर काम गरिरहेका सुरक्षाकर्मी नै उच्च देशभर कोरोनाको उच्च जोखिममा रहेका छन् । बिशेष त प्रहरी प्रधान कार्यालय त पछिल्लो समय कोरोनाको हटस्पड बनेको छ । शसस्त्र प्रहरी बल र नेपाल सेनामा भने बिभिन्न स्थानमा उद्धारका क्रममा खटिइरहेका बेला कोरोना संक्रमणको जोखिम भएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #नेपाल प्रहरी, #प्रहरी हेडक्वाटर
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्