कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५९ पुग्यो

काठमाडौं । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोमबार मृत्यु भएकी १८ वर्षे युवतीमा कोरोना भाइरस पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । पोखरिया–८ जगतपुर घर भएकी उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । योसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #एक जनाको मृत्यु, #कोरोना भाइरस, #रिपोर्ट पोजेटिभ
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्