अमेरिकी र चीनको टकरावले सुनको मुल्य लाख नजिक
काठमाडौं । दुई शक्तिशाली मुलुकबिचको द्धन्दले लकडाउन अघिदेखि नै सुनको मूल्य बढिरहेको थियो । लकडाउन हुनु एक दिन अघि गत चैत १० गते छापावाला सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ पुगेको थियो। सुनको मूल्य उकालो लाग्ने क्रममा नै चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको थियो । विशेषगरी देशका शक्तिशाली राष्ट्र चीन र अमेरिकामा भाइरसको बढी प्रभाव देखियो । जसका कारणले आर्थिक कारोबारका क्षेत्र नै ठप्प भए। अलिहे सुनको मूल्य प्रति तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ । साउन महिनाको २० दिनमा मात्रै ७ हजार १ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य मंगलबार ९९ हजार ८ सय पुगेको छ। यो इतिहासमै सुनको महंगो मूल्य हो । व्यवसाय ठप्प हुदाँ लगानीकर्ताहरु असुरक्षित भए ।
ठूला देशका लगानीकर्ताहरुले सुरक्षित लगानीका लागि सुनमा लगानी गर्न थालेपछि सुनको मूल्य आकासिएको र अझै मूल्य बढ्नसक्ने बताइएको छ । सुनको मूल्य दिन प्रतिदिन बढ्नुको मुख्य कारण कोरोना भाइरस भए पनि अन्तराष्ट्रिय व्यापार द्धन्द्धले पनि यसमा ठूलो भूमिका छ । दुई मुलुका शक्तिशाली राष्ट्रहरुबिच व्यापारीक द्वन्द्वको अवस्थाले सुनको मुल्गमा बृद्धि भइरहेको छ ।
दुई देशबिचको तनावले विश्व अर्थतन्त्रमा नै असर पारेको छ । चाइनामा विश्वको नै लगानी छ । चाइना र अमेरिका विश्वको लगानीको मुख्य केन्द्रविन्दु हो। दुई देशको व्यापारिक द्वन्द्वका कारणले त्यहाँका लगानीकर्ताहरुले आगामी दिनका बारेमा सोचर उद्योगधन्दाभन्दा बढी लगानी सुनमा गर्न थाले। जसका कारणले लकडाउन अगाडि सुनको मूल्य बढ्दै ७७ हजारसम्म पुगेको थियो। व्यापारिक द्धन्द्ध यथावत नै रहेकोले सुनको मुल्य घट्ने देखिदैन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #ठूला देशका लगानीकर्ता, #व्यवसाय ठप्प, #सुनमा लगानी
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्