Techie IT
  • ९ माघ २०८१, बुधबार
KhojPatrika

सरकारी कार्यालयमा भिडभाड, कोरोना भाइरस फैलिने त्रास


काठमाडौं । दैनिक कोरोना संक्रमितको संख्या बढेसँगै काठमाडौं उपत्यका कुनैपनि बेला स्थिति भयावह हुने जोखिममा छ । कोरोनाबाट बच्न मास्क र सेनिटाइजरको नियमित प्रयोग र भौतिक दूरी कायम गर्न सरकारले बारम्बार आम नागरिकलाई आग्रह गरेपनि सरकारी कार्यालयमा भने चरम बेवास्था देखिएको छ । सबैभन्दा पहिला हामी यहाँहरुलाई जोखिमको अनुभुत गराउने काठमाडौंका केही प्रतिनिधि कार्यालयमा पुग्दा भिडभाड देखियो । काठमाडौंस्थित यातायात व्यवस्था सेवा कार्यालय, मालपोत र श्रम कार्यालयमा निक्कै भिड थियो । सचेतना र सावधानी भन्दा बेवास्था बढी देखिन्छ । अधिकांश सरकारी कार्यालयले भौतिक दूरी कायम गराउने संरचना बनाएका छैनन भने यहाँ पुग्ने सेवाग्राही समेत सचेत देखिदैनन ।

दिनहु यस्तै गरी सेवाग्राहीहरुको भिडभाड हुने सरकारी कार्यालयमा डराउँदै सेवाग्राही पुग्नुपर्ने बाध्यतामा छन । कार्यालय भिडभाड नगरी, सामाजिक दुरी कायम गरेर काम गरेर सेवा दिन सरकारले निर्देशन दिएपनि पालना भएको देखिदैन । कोरोना संक्रमणको जोखिम कम गर्न कुनै स्वास्थ्य सावधानीको ख्याल नगरिदा कुनैपनि बेला कोरोनाले भयावह रुप लिन सक्ने भन्दै सर्वसाधारणले सरकारसँग पुनः लकडाउनको माग समेत गरिरहेका छन् । एउटा यातायात व्यवस्था कार्यालयमा अहिले दैनिक ३ हजारभन्दा धेरै सेवाग्राही पुग्छन् । मालपोत र श्रम कार्यालयमा समेत उस्तै भीडभाड छ ।

सरकारी कार्यालयमा थप सजगकता नअपनाउने हो भने संक्रमणको पहिलो शिकार सरकारी निकाय नै हुनेमा कुनै शंका छैन । एक पटक सरकारी कार्यालयको काम गराइ र जोखिम मोलेरै सेवा लिइरहेका छन् । सरकारी कार्यालयका हाकिमहरु पर्याप्त पूर्वाधार नहुँदा र जनशक्ति कम हुँदा जोखिम रोकथामको व्यवस्थापन प्रभावकारी नभएको स्विकार गर्छन । भीडभाड गरेर सेवा दिने रहर नभएपनि जोखिमकैबीच सेवा दिनुपर्ने बाध्यता रहेको बताउँछन् ।

सरकार आफै २५ जना भन्दा बढी भीडभाड नगर्न, मनोरञ्जनात्मक क्षेत्र,विद्यालय लगायतका भीडभाड हुने स्थानलाई बन्द अवस्थामा राख्न भनिरहेको छ । तर आफ्नो निर्देशन आफै मातहतका सरकारी कार्यालयले पुरा गरे नगरेको किन अनुगमन र मुल्यांकन हुँदेन ? सरकारी कार्यालयमा देखिएको भीडभाडलाई व्यवस्थित गर्दै कोरोनाको जोखिम कम गर्न सरकार बेलैमा गम्भिर बन्नुपर्छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना संक्रमित, #सरकारी कार्यालय, #सेवाग्राहीहरुको भिडभाड

तपाईको कमेन्ट लेख्नुहोस्