नेपाली कांग्रेसमा सभापतिको दौडधुप, गुट–उपगुटमा आन्तरिक तयारी

काठमाडौं । नेपाली कांग्रेसलाई १४ औं महाधिबेशनले छोएको छ । महाधिबेशन आउन अझै ७ महिना बाँकी रहँदा कांग्रेसमा भने नेताहरुबीच आरोप–प्रत्यारोप सुरु भइसकेको छ । सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच महाधिबेशनलाई लिएर आरोप–प्रत्यारोप देखिएपनि भित्री रुपमा अन्य नेताहरु समेत जोडिएका छन् । सभापति देउवाले आगामी महाधिबेशनमा उठ्ने जनाउ दिइसकेका छन् ।
१३ औं महाधिबेशनका देउवासँग पराजित भएका पौडेल पनि पार्टीभित्र सधैं भाग खोजेर १४ महाधिबेशनमा फेरि मैदानमा उत्रिने दाउमा छन् । सभापति देउवा र पौडेल मात्रै होइनन् कांग्रेसमा दुबै गुटमा रहेका नेताहरु समेत सभापतिको दाबेरदार गरिरहेका छन् । उपसभापति विमलेन्द्र निधि पनि सभापतिको दाबेदार हुन् । उनीले देउवालाई १३ औं महाधिवेशनमा गरेको प्रतिबद्धता सम्झाएर आफू अघि बढ्ने कसरत भित्रभित्रै गरिरहेका छन् । संस्थापन पक्षमा देउवापछिको नेता उनै निधि हुन् ।
पौडेललाई पनि सभापतिको उम्मेद्वार बन्न निक्कै कसरत गर्नुपर्ने देखिन्छ । महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहको आफनै समूह छ । यतिबेला पौडेललाई साथ दिदै महामन्त्री कोइराला सभापति देउवाको विपक्षमा छन् । तर, उनीले आफू नै सभापतिको दाबेदार रहेको बताइरहेका छन् । केन्द्रीय गुटमा हावी नभएका शेखर कोइरालाले पनि सभापतिको आकांक्षा राखेर जिल्लाहरूमा समूह बनाउन थालेका छन् । कोइराला परिवार, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, मिनेन्द्र रिजालजस्ता नेताहरूको व्यवस्थापन कसरी हुन्छ त्यसैमा पौडेल हुने या नहुने टुंगो लाग्छ ।
अर्कोतर्फ पूर्वमहामन्त्री सिटौला पौडेलतिर लागेजस्तो गरेपनि आफै सभापतिको दाउमा छन् । सिटौलाले त महाधिबेशनलाई केन्द्रीत बनाएर छुट्टै कार्यालय समेत खोलिसकेका छन् । सिटौला १३ औं महाधिवेशनमा आफूलाई हराउन र देउवालाई जिताउन उम्मेदवार बनेको आरोप पौडेल पक्षको छ । सिटौलाको मुख्य बल नै गगन, प्रदीप, उमाकान्त चौधरी र भीमसेनदास प्रधान हुन् । केन्द्रीय कार्यसमितिले असार २२ गते महाधिवेशन फागुन ७–१० मै गर्ने अघिल्लो निर्णयलाई नै सदर गर्यो। तर अधिकांश केन्द्रीय सदस्य नै तोकिएको मितिमा महाधिवेशन हुनेमा विश्वस्त छैनन् ।
महाधिबेशनलाई लिएर पदाधिकारीबीच आरोप–प्रत्यारोप हुनु नेताहरु स्वभाविक ठान्छन् । कोरोना भाइरसका कारण थप जोखिम बढिरहँदा नेपाली कांग्रेसमा भने सभापतिको उम्मेदवार घोषणा गर्ने होडबाजी नै चलेको छ । मुख्य गरी तीन गुट देखिएको कांग्रेसमा भित्र भित्रै उपगुट समेत बन्न थालेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #आरोप–प्रत्यारोप, #कांग्रेसलाई १४ औं महाधिबेशन, #बरिष्ठ नेता रामचन्द्र पौडेल, #सभापति शेरबहादुर देउवा
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्