मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा जाँदा ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै आइतबार राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् । वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरेको हो ।
पहिरोमा ९ जना पुरिएकामा एक जनाको उद्धार गरिएको छ । मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो । स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले अहिले पहिरोमा हराएकाहरुको खोजी गरिरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #घर पहिरो, #मेलम्चीमा पहिरो
ताजा खबर
- १सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट निजामती कर्मचारी !
- २संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय
- ३कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई २४ घण्टाभित्र नियुक्त गर्न परमादेश, उद्धव थापा पदमुक्त
- ४कोशी सरकार विरुद्धको रिटमा आज पनि बहस
- ५प्रतिनिधि सभा बैठकमा आज चार जना मन्त्रीसँग प्रश्नोत्तर
तपाईको कमेन्ट लेख्नुहोस्