Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

बामदेव गौतम ओलीतिर, स्थायी कमिटि बैठक सुरु गरे प्रचण्ड र नेपालले


काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव बुझाएका छन् । गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी सहमतिको प्रस्ताव अघि सारेका हुन् । प्रस्तावमा प्रधानमन्त्री ओली एकता महाधिवेशनसम्म दुवै पदमा रहने उल्लेख छ । यस्तै, अर्का अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने उल्लेख छ । यस्तै, पार्टी महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि जनाइएको छ ।

प्रधानमन्त्रीका दैनन्दिनतका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने लगायतका विषयमा पनि प्रस्तावमा उल्लेख छ । यस्तै, पार्टी केन्द्रीय सचिवालको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने, संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालको परामर्श लिने र अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्ने विषय पनि प्रस्ताव गरिएको छ । त्यस्तै, नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजको स्थायी कमिटी बैठक स्थगित गरेपनि बैठक प्रचण्ड नेपालले सुरु गरेका छन् । बैठक स्थगनको सूचनापछि आक्रोशित अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले एकोहोरो रुपमा बैठक सुचारु गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ओली पक्षीय सदस्यहरु अनुपस्थित छन् । दाहाल र नेपाल पक्षका नेताहरु भने बैठकस्थलमा छलफल गरिरहेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक चलिरहेको बताएका छन् । नेता सुवास नेम्वाङले भने दाहाल र नेपाल पक्ष अनौपचारिक छलफलमा जुटेको बताए । यसअघि खुमलटारमा बस्नेहरु अहिले बालुवाटारमा बसिरहेको नेम्वाङले बताए । दोहोरो तनावकाबीच प्रधानमन्त्री एवम अध्यक्ष ओलीसंग दाहाल र वरिष्ठ नेता खनालले वार्ता गरिरहेका छन् । स्थायी कमिटी बैठक सुरु गर्दै उनीहरुले प्रधानमन्त्रीलाई भेट्न गएपनि कुनै सहमति हुन सकेन ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #बामदेव गौतम ओलीतिर

तपाईको कमेन्ट लेख्नुहोस्