आजदेखि पुनः भारी वर्षा हुने, जोखिम क्षेत्रका सबैलाई सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले साउन १२ देखि १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने पूर्वानुमान सहित सतर्क हुन आग्रह गरेको छ । मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने संभावना रहेकाले प्रदेश १ र २ का अधिकांश स्थानमा भारी वर्षासँगै बाढी पहिरोको जोखिम आँकलन गरेको विभागले सतर्कता अपनाउन आग्रह गरेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी पाँच दिनसम्म बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका केही स्थानमा भारी वर्षा हुने छ । साउन १३ देखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का मध्ये पहाडी भूभागका नदीहरूमा जलसतह बढ्ने भन्दै मौसमविदले नदि खोला र तटिय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेका छन् । विभागका अनुसार अबको पाँच दिन भोटेकोशी र बागमतीमा पनि सामान्य बहाव बढ्नेछ । चुरेबाट बग्ने साना र मझौला खोलानालाको वहाव बढ्ने संभावना रहेको भन्दै मौसमविद्ले सावधान रहन र सरोकारवाला निकायलाई सतर्कता अपनाउन आह्वान गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #मौसम
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्